खासगरी दुई वर्षअघि १४औं महाधिवेशन गर्ने भनी पहिलोपटक कार्यतालिका सार्वजनिक गरेको प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले अहिलेसम्म चारपटक महाधिवेशनको कार्यतालिका हेरफेर गरिसकेको छ । मंसिर ९ देखि १३ सम्म महाधिवेशन गर्नेगरी तय गरिएको पछिल्लो कार्यतालिका प्रभावित भएपछि पाचौंपटक महाधिवेशनको नयाँ कार्यतालका बनाउने गृहकार्यमा कांग्रेस जुटेको छ ।

पार्टी विधान र संविधानअनुसार १३ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको मिति गुज्रिएको छ । केन्द्रदेखि गाउँ तहसम्म गुट–उपगुटमा विभाजित कांग्रेसभित्र नेतृत्वका आकांक्षी शीर्ष नेताहरूको जुँगाको लडाइँले सिङ्गो पार्टी लथालिङ्ग अवस्थामा छ । भदौ १८ देखि वडा अधिवेशनको सुरुआत गरेको यो पार्टीले अहिलेसम्म ४७ जिल्लामा मात्र पालिकासम्मको अधिवेशन सम्पन्न गरेको छ भने १३ वटा जिल्ला अधिवेशन सम्पन्न गरेको छ ।

केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधिको छनोट हुने क्षेत्रीय अधिवेशन भने १४ वटा क्षेत्रमा मात्र सम्पन्न भएको छ । प्रदेश २ लगायत १३ जिल्लामा त अधिवेशन प्रक्रिया नै अघि बढ्न सकेको छैन ।उसले हालै नयाँ कार्यतालिका पनि सार्वजनिक गरेको छ त्यसमा पनि बिभिन्न आशंकाहरु काँग्रेसजनबाट नै उठेका कारण कांग्रेस अलमलमा परेको जस्तो देखिन्छ ।

 

 

 

Leave a Reply