विदुुर खडका

डुमरवाना,जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला अधिकारीले कृषि क्षेत्रमा लामो अनुभप नभएका कारण आफ्नो पालिकाले कुषिमा पर्याप्त बजेट समावेस गर्न नसकेको बताउनुभएको छ ।कृषक समुह महासंघले आयोजना गरेको खाद्य अधिकार सम्बन्धि स्थानीय तहस्तरीय छलफल कार्यक्रममा अधिकारीले सो कुरा बताउनुभएको हो ।उपप्रमुख अधिकारीले आगामी हिँउदे अधिवेशनमा पालिकाले कृषि ऐन ल्याएर कृषकलाई सेवा सुविधा दिने जनाउनुभयो ।कार्यक्रममा कृषक समुह महासंघका केन्द्रीय अध्यक्ष नवराज बस्नेतले कृषक समुह महासंघ किसानहरुको हितको लागि गठित समुह भएकोले हरेक पालिकाका किसानहरुको समस्या र समाधानको पहिचानमा लागेको जनाउनुभयो ।उपमहानगरपालिकाको नगर सभाहलमा भएको कार्यक्रममा कृषि साखाका अधिकृत अनिष प्याकुुरेल, पशु शाखाका अधिकृत डा. सुभाषकुमार झा, कृषि नगर समितिका संयोजक प्रभा पासवानको सहभागिता रहेको थियो ।कार्यक्रमको सहजीकरण कृषक महासंघ नेपालकी अंकिता नेपालले गर्नुभएको थियो भने । कार्यक्रममा नथुनी माझी, कबिता बंन्जारा, सबिना प्रदिपलगायतले किसानको समस्या बारेमा बोल्नुभएको थियो ।

Leave a Reply