जियालाल चौधरी

कोल्हबी  –  बाराको करैयामाई गाउँपालिका वडा न.७ मा अवस्थित सृजनशिल युवा क्लब पिपराको आयोजनामा पंचगछिया खेल मैदानमा जारी चौथो पिपरा गोल्ड कपको दोश्रो दिन बिरगंज युनाइटेड र लाहान ११ सिरहा बिच भिडन्त भएको खेलमा २-० को बिरुद्ध युनाइटेड क्लब बिरगंज बिजय भएको छ । युनाइटेड बिरगंजका जर्सी न.१९ का करन चौधरी खेल्को पहिलो हाल्फको १४ मिनट जादै पहिलो गोल गरेका थिए भने जर्सी न.१४ का कृपा चौधरीले खेलको दोश्रो हाल्फको २३ मिनेट बित्दै दोश्रो गोल थपी आफ्नो टिमलाइ विजय घोषित गराएको छ ।

 

 

 

लहान ११ सिरहा का जर्सी ७ का अर्जुन मगरलाई सिल, मेडल तथा प्रमाणपत्र प्रदान गरि म्यान अफ दि घोषित गरिएको हो। अनुमानित ५३ लाखको लागत भइरहेको चौथो पिपरा गोल्ड कपमा बागमती-११, उदयपुर-११,हेटौंडा-११ मकवानपुर,युनाइटेड क्ल्ब सिमरा,गतवर्षको बिजेता ,न.२ बाहिनी बर्दिबास (एपीएफ क्लब) र उपबिजेता सर्लाही-११ गरि अझै ६ वटा टिमहरुको सहभागी रहने र साथै सनिवारको खेल हेटौंडा ११ मकवानपुर र बागमती ११ सर्लाही बिच प्रतिस्पर्धा हुने आयोजक समितिले जनाए ।

 

 

 

 

प्रतियोगिताको बिजेताले २ लाख र उपबिजेताले १ लाख प्राप्त गर्ने भएको छ । यसैगरी प्रतियोगिताको विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई अयोजकले नगद ५००० हजार तथा सिल,मेदल र प्रमाण-पत्र प्रदान गर्ने र साथै माघ १५ गते बुधबार देखि सुरु हुने खेल २३ गते बिहिवार सम्म रहने र उप्त खेलमा महिलाहरुको लागि निसुल्क खेल हेर्न दिइने व्यवस्था मिलाइएको आयोजक समितीले जानकारी दिए। उप्त कार्यक्रमको सहयोगी हातहरु मुख्य सहयोगी करैयामाइ गाउँपालिका ,स-सहयोगी कोल्हबी नगरपालिका , सहयोगीहरु निजगढ नगरपालिका ,एन सि सि बैंक, नमुना इटा लगायतका अन्य संस्थाहरु रहेका छ्न।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here