बिदुर खडका

डुमरवाना,स्थानीय स्तरमा गठन भएको सहयोग समितिलाई बेवास्ता गरेर निर्माण कार्य अघि बढाइएको भन्दै सिमरास्थित सेज सहयोग समितिले सेज आयोजनाविरुद्ध आन्दोलनको चेतावनी दिएको छ ।

निर्माणाधिन सेजमा भौतिक पूर्वाधार निर्माण कार्य सम्पनन हुदै जाँदा सेज सहयोग समितिलाई बेवास्ता गरी मनोमानी ढङ्गले काम भइरहेको सेज सहयोग समितिका संयोजक अभिताभ चौधरीले बताउनुभएको छ । सेजले समितिसंग समन्वय कार्य शुरु नगरे आन्दोलन शुरु गर्ने चौधरीले बताउनुभयो ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहमा रहेको सेजको ब्लक ए मा गार्मेट प्रशोधन केन्द्र निर्माणको लागि सहयोग समितको सिफारिसमा मात्र काम गरिने भनेर गरेको संझौता हालसम्म पनि कार्यान्वयन नगरिएको चौधरीको आरोप छ ।

सेज निर्माणको शुरुको अवस्थामा स्थानीय केहीले भौतिक पूर्वाधार निर्माणको काममा अवरोध गरेपछि उद्योग मन्त्रालयले काम सुचारु गर्न सेज निमार्ण सहयोग समितिसंग ५ बुँदे सहमति गरेको थियो ।

सहमति पत्रमा सेजले अधिग्रहण गरेको जग्गा धनी किसान परिवारलाई पहिलो प्राथमिकतामा राखेर स्थानीयलाई रोजगारी दिने, ठेक्कापट्टामार्फत भौतिक संरचना निर्माण गरिदा त्यसमा पनि स्थानीयलाई प्रथामिकता दिनेलगायत सहमति भएको तर अहिले पहुँचको आधारमा कर्मचारी र कामदार भर्ना तथा अन्य काम पनि अघि बढाइएको संयोजक चौधरी बताउनुहुन्छ । सहमति कार्यान्वयन नभए आफुहरु आन्दोदनमा उत्रने संयोजक चौधरीले चेतावनी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here