सिमरा,नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा बाराको छैटौँ साधारण सभा तथा दोस्रो अधिवेशन शनिवार बाराको सिमरामा सम्पन्न भएको छ ।अधिवेशनले नेपाल खेलकुद पत्रकार मञ्च बाराको अध्यक्षमा पुनः सुनिल गाउँलेलाई चयन गरेको छ । यस्तै मञ्चको उपाध्यक्षमा कृष्ण सिग्देल, सचिवमा बसन्त खतिवडा, सहसचिवमा प्रदीप गौतम, कोषाध्यक्षमा पुष्पराज खतिवडा, सदस्यहरूमा सिता अधिकारी, निलिसा बर्मा, नवराज चौलागाई र श्याम गुप्ता सर्वसम्मत चयन भएका छन् ।यसअघि नेपाल पत्रकार महासङ्घ बाराका अध्यक्ष रेशम तिवारीको प्रमुख आतिथ्य तथा नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा बाराका अध्यक्ष सुनिल गाउँलेको सभापतित्वमा सम्पन्न अधिवेशनको उद्घाटन समारोहमा पत्रकार महासङ्घ मधेस प्रदेशका पूर्वसचिव गुरुप्रसाद गौतम, पत्रकार प्रकाश लम्साल, प्रेस चौतारी बाराका अध्यक्ष दिवाकर भण्डारी, प्रेस युनियन बाराका उपाध्यक्ष बसन्त खतिवडा, प्रेस सेन्टर बाराका उपाध्यक्ष प्रदीप गौतम, सहकारी पत्रकार समाज बाराका अध्यक्ष पुष्पराज खतिवडा, पत्रकार राजमणी बराल लगायतको उपस्थिति रहेको थियो ।

















