हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको प्रत्यक वडाका टोल टोलमा गएर नसर्ने रोगका सम्वन्धमा जनचेतना कार्यक्रम सञ्चालन गर्न सुरु गरिएको छ । उमहानगरपालिकाका मेयर हरिबहादुर महतको नेतृत्वमा नगरका वडा वडाका टोलमा गएर यो अभियान आजबाट सुरु गरिएको हो । नसर्ने रोगका बिरामी हेटौंडामा निकै वढ्न थालेपछी यो अभियान सुरु गरिएको हो ।
स्वास्थ्यकर्मीको टोली सहित आज हेटौंडा ६ चौघडाबाट यो अभियान सुरु गरिएको मेयर महतले वताउनुभयो । नसर्ने रोगबाट वच्नका लागि खानपानमा ध्यान दिने, विहान व्याम गर्ने लगायतका कारणबाट पनि कम गर्न सकिन्छ । नगरवासीलाई स्वस्थ राख्नका लागि पनि यो अभियान गरिएको उहाँले वताउनुभयो ।
नसर्ने रोग नियन्त्रण कार्यक्रम अन्तरगत आजबाट सुरु भएको अभियान निरन्तर रुपमा प्रत्यक वडाका टोलमा जारी राखिने छ । यो अभियानबाट प्रत्यक वडामा गरिएपछी नसर्ने रोगका विरामीमा केही कमी आउने अपेक्षा गरिएको छ ।