निजगढ,पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि र चितवनीकी युवति सुजिता भण्डारीको मृत्युको विरोध गर्दै नेकपा विप्लव समूह निकट युवा संघठनले बिहिबार निजगढ नगरपालिकामा विरोध र्याली निकालेको छ ।

हिरालाल मार्गस्थित स्कुल टोलबाट शुरु भएको प्रर्दशन पुर्वपश्चिम राजमार्गको शहीद चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । कार्यक्रममा नारायणी अन्चल व्यूरो सदस्य विपी लामा, युवा संघठनका निरज, निजगढ नगर कमिटी इन्चार्ज ओमलगायतको सहभागिता रहेको थियो । कोणसभामा इन्चार्ज ओमले सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्य वृद्धि तत्काल फिर्ता लिनु पर्ने र सुजिता भण्डारीको हत्यारालाई नियन्त्रणमा लिएर कडा कारबाही गर्न माग गर्नुभएको थियो । त्यसैगरी पार्टीको सरकारसंग भएको संझौताअनुरुप आफना नेता कार्यकर्तालाई रिहा नगरेकोमा असन्तुष्टि पनि व्यक्त गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here