नेपालमा १९९७ सालदेखि धेरै परिवर्तन भए । इतिहाँसको कालखण्डमा राणा बिरोधी आन्दोलनमा सहभागी भएकाहरुलाई राणाहरुले मृत्युदण्ड दिए पछि शहिदको गणना गरियो तर त्यो भन्दा अगाडि पनि नेपालमा ठूला लडाइ भएका छन् । राष्ट्रियता जोगाउनका लागि भक्ती थापा,अमरसिंह थापाहरुले पनि प्राणको आहुती दिएकै थिए तर उनीहरुको इतिहास कतै दर्द भएन ।
शहिद परिवर्तनको आन्दोलनमा प्राणको आहुती दिने सबै हुन् । राणाकालदेखि पंचायत बिरुद्धको आन्दोलन अनि २०६२ सालमा भएको दोश्रो जनआन्दोलन र माओवादीले संचालन गरेको सशस्त्र संघर्षका क्रममा प्राणको आहुती दिने सबै शहिद हुन् तर शहिद जन्माउन मात्रै बढी कन्द्रित राजनीतिक दलहरुले शहिदको माघ १६ गते संझना मात्रै गरेर अर्थ छैन ।
अहिले हरेक शहिद परिवारहरु कुनै न कुनैं हिसावले प्रताडित छन् । उनीहरुको जीवनमा कुनै परिवर्तन आएको छैन । शहिदको रगतले नेताको जीवनशैली फेरियो,शासनशैली पनि फेरियो तर शहिदका आश्रित परिवारको जीवनमा परिवर्तन आएन । मधेश आन्दोलनमा त झन् शहिद भएका परिवारका सदस्यहरुको कुरा गरी साध्य नै छैन । शहिद जन्माउने अनि अपमान गर्ने प्रबृति कहिले अन्त्य होला ?