अनिल तिवारी
सिमरा – प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य सुन्दर विकले आफ्ना बच्चाहरुलाई ईच्छा अनुसारको शिक्षा दिन सबै अभिभावकहरुलाई अनुरोध गर्नुभएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पथलैयाको ४८ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका प्रदेश सभा सदस्य विकले आशको शिक्षा भनेको प्रविधि युक्त शिक्षा भएको बताउदैँ विद्यार्थीको चाहना अनुसारको शिक्षा दिने गरी सामुदायीक विद्यालयहरु रुपानतरण हुन आवश्यक रहेको बताउनुभयो ।
उहाँले शैक्षिक स्तरमा सुधार ल्याउन नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पथलैयाले खेलेको भुमिका सकारात्मक रहेकोले यस विद्यालयलाई प्रदेश सभा सदस्यको नाताले माननिय सिता गुरुङ्ग र आफ्नो संसदिय विकास कोषबाट १० लाख बराबरको सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैयाका वडा अध्यक्ष हिराबहादुर गुरुङ्गले विद्यालयको विकासका लागि आफु सधै तैयार रहेको जानकारी गराउनुभएको थियो ।
उहाँले आफनो गाउँमा शिक्षाको स्तरमा सुधार ल्याउन वडा कार्यालय सधै तैयार रहने बताउनदै नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पथलैयालाई बस खरिद गर्न १८ लाख बराबरको सहयोग गर्ने प्रतिबद्धता ब्यक्ता गर्नुभयो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामदास धौजुको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य सिता गुरुङ्ग, वडा नम्बर १ का वडा सदस्य सुभद्रा न्योपाने, भिमेश्वर सामुदायीक बन पथलैयाका अध्यक्ष पेशल कुमार मुल्मी लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा विद्यालयका छात्रछात्राहरुले नृत्य तथा नाटकको माध्यमबाट आफ्ना प्रस्तुतीहरु प्रस्तुत गरेको थियो भने विभिन्न माध्यमबाट सहयोग गर्ने सहयोगी हातहरुलाई विद्यालयले कदरपत्र सहित सम्मानित समेत गरेको विद्यालयका प्रधानाध्याक शम्भु मण्डलले जानकारी दिनुभयो ।