बुधवार सरकारी तवरबाट संबिधान दिवस मनाइएको छ । त्यसो त स्थानीय स्तरमा पनि संबिधान दिवस मनाइएको छ । केही राजनीतिक दलको विरोधका बावजुद संबिधान दिवस मनाइएको छ र सबिधान जारी गर्ने समयमा पनि खासगरी मधेसवादी राजनीतिक दलहरुको विमति नै रहेको थियो । २०७२ साल असोज ३ गते संबिधान जारी भइरहदा मधेसमा भने आन्दोलन रहेको थियो । र छिमेकी भारतले नेपाल माथि एक प्रकारको नाकाबन्दी पनि गरेको थियो ।यो संबिधान जननिर्वाचित प्रतिनिधिहरुले बनाएको भएर पनि यसको ठूलो महत्व छ । जननिर्वाचित संविधान सभाबाट संबिधान जारी भएकोमा भने खुसी नै हुनु पर्दछ । नेपालमा यसअघि राजामहारजाहरुले संबिधान जारी गर्ने गर्दथे । जहाँ उनीहरु संबिधानभन्दा माथि हुने गर्दथे । अहिलेको संबिधानमा संशोधन गर्न धेरै आवश्यक छ र बाँकी पनि छ । तर पनि यो संबिधान जे छ त्यो खराब चैं छैन ।संबिधानमा धेरै उल्लेख छ र यही संबिधानको आधारमा धेरैले अधिकार पनि पाएका छन् । यो अर्थमा संबिधानको विरोध मात्रै गरिरहनुको पनि अर्थ छैन । बरु संबिधानमा भएका गलत प्रावधान भने हटाउन आवश्यक छ । सबैले आफैले भनेको जस्तो संबिधान बिश्वमा कही पनि छैन । यसतर्फ पनि विरोधमा रहेका दलहरुले सोच्न आवश्यक छ र संबिधान दिवस मनाइरहदा यसतर्फ पनि ध्यान दिन आवश्यक छ ।