नेपाल कृषि प्रधान देश हो । यहाँका अझैपनि ८० प्रतिशत नागरिकहरु कृषि पेसामा नै आश्रित छन् । कृषि मुल पेसा भएपनि कृषकहरुको अवस्था भने उस्तै छ । कृषकहरु समस्या नै रहे पनि उनीहरुको पीडामा साथ दिनेहरु भने निरिह नै भएको देखिन्छ ।सरकारहरु भएपनि कृषकहरुको सवालमा उदार भएको देखिदैन । कृषकहरुका विषयमा स्थानीय सरकारहरुले नीति बनाए पनि प्रभावकारी कार्यान्वन भएको देखिदैन ।भन्नलाई त हरेक सरकारहरुले कृषिलाई पहिलो प्राथमिकता भन्ने गर्दछन् तर व्यवहारमा भने कृषकहरुको अवस्था उस्तै छ । कहिले धानमा दाना नलागेर त कहिले मकैंमा दाना नलागेर कृषकहरु पीडामा रहेका छन् ।बाराको निजगढ क्षेत्रका कृषकहरुलाई अहिले यस्तै समस्या छ । उनीहरुले लगाएको धानमा दाना नलाग्दा उनीहरुमा निराशा छाएको छ । उन्नत जातको भनेर ल्याएको धानमा बाला नलागेपछि किसानहरु भोकमरी लाग्ने त्रासमा छन ।त्यसो त कृषकहरुको पीडा भएपनि फेरि यो समस्या देशकै हो । तराई नेपालको अन्न भण्डार भनिन्छ अनि अन्नको भण्डार रहेको स्थानमा नै राम्रोसंग धान उत्पादन भएन भने त्यसले देशलाई नै घाटा पुग्ने निश्चित छ ।

त्यसैले पनि कृषकहरुको समस्या समाधानका लागि नीति बनाउन आवश्यक देखिन्छ र मल र बिऊ खरिदका बिषयमा पनि कृषकहरु सचेत बन्न आवश्यक देखिन्छ ।

 

 

Leave a Reply