हेटौंडा –  हेटौंडाको शहिद स्मारकमा आज राष्ट्रपति विद्यादेवि भण्डारीले आज दिउसो प्रजातान्त्रिक पार्कमा निर्माण गरिएका प्रतिमाहरुको अनावरण गर्नुभएको छ । प्रजातान्त्रीक पार्कमा निर्माण गरिएका पुष्पलाल श्रेष्ठ, बिपी कोइराला, गणेशमान सिंह र मनमोहन अधिकारीको प्रतिमा अनावरण गर्नुभएको हो । स्मारकमा विभिन्न कालखण्डमा सहिद भएका १२ जनाको एउटै ढुङ्गामा कुदिएको मुखाकृत स्तम्भ र जननेता मदन भण्डारीको प्रतिमामा माल्यापर्ण समेत उहाँले गर्नुभयो ।

 

 

 

देशकै महत्वपुर्ण पर्यटकिय गन्तव्यका रुपमा विकास भएको हेटौंडाको सहिद स्मारकमा राष्ट्रपति विद्यादेवि भण्डारीले प्रजातान्त्रिक पार्कमा निर्माण गरिएका प्रतिमाहरुको अनावरण गर्नुभएको हो । बाग्मती प्रदेशको राजधानी हेटौंडामा रहेको पर्यटकिय स्थल सहिद स्मारकमा प्रजातान्त्रिक आन्दोलनका अगुवाहरुको प्रतिमा निर्माण गरिएको छ । विभिन्न कालखण्डका सहिदको प्रतिमा राखिएको हेटौँडा उपमहानगरपालिका–११ स्थित पर्यटकीयस्थल सहिद स्मारकमा रहेको प्रजातान्त्रिक पार्कमा निर्माण गरिएका प्रतिमाहरुको आज अनावरण गर्नुभएको हो ।

 

 

स्मारमा रहेको प्रजातान्त्रिक पार्कमा प्रजातान्त्रिक आन्दोलनका चारजना अगुवा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, नेपाली काँग्रेसका संस्थापक नेता तथा पहिलो जन निर्वाचित प्रधानमन्त्री बिपी कोइराला, लौहपुरुष गणेशमान सिंह र पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको प्रतिमा भण्डारीले अनावरण गर्नुभएको हो । सहिद सप्ताहको सातौं कार्यक्रम अन्र्तगत आज प्रजातान्त्रिक पार्कमा निर्माण गरिएको प्रतिमाको अनावारण गर्न राष्ट्रपति विद्यादेवी भण्डारी हेटौंडा आउनुभएको थियो ।

 

 

सहिद स्मारक विकास समितिले करिब डेढ करोड रुपैयाँ खर्चेर शालिक निर्माण गरको जनाएको छ । चारैजना प्रजातान्त्रिक आन्दोलनका अगुवाहरुको शालिक निर्माण भएको थियो । यसअघि सहिद स्मारकमा विभिन्न कालखण्डका सम्पूर्ण सहिदलाई एकै थलोमा स्मरण गर्न सहिद स्मृति स्तम्भ निर्माण गरिएको थियो । जसमा ६५ फिट अग्लो स्तम्भ निर्माण गरिएको छ । यो स्तम्भको पनि राष्ट्रपति भण्डारीले अनावरण गर्नुभएको थियो ।

 

 

 

स्तम्भ करिब एक करोढ ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको समितिले जनाएको छ । साथै स्मारकमा विभिन्न राष्ट्रभक्तिपूर्ण युद्ध र विभिन्न जनसङ्घर्षमा सहिद भएका १२ सहिदको एउटै ढुङ्गामा सहिदको मुखाकृत कुदिएको छ । २०४६ सालको जनआन्दोलन पश्चात २०४७ साल श्रावण ७ गते उजाड डाँडोमा वृक्षारोपण गरी सहिद स्मृति बाटिका नामाकरण गरिएको थियो ।

 

२०५२ सालमा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले उद्घाटन गरेको सहिद स्मारक देशकै नमुना सहिद केन्द्र बन्न पुगेको छ । यहाँ वार्षिक पाँच लाख बढि आन्तरिक र बाह्य पर्यटक आउने गरेको समितिका सचिव न्यौपानेले बताए । स्मारकमा यसअघि नै मदन भण्डारीको प्रतिमा निर्माण भइसहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here