कलैया, मधेस प्रदेशका एक लाख ३९ हजार भन्दा बढी घरपरिवार शौचलाय बिहिन अवस्थामा छन ।राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा अनुसार मधेस प्रदेशमा देशभरि नै रहेका सातै प्रदेशहरु मध्ये मधेस प्रदेशमा सबैभन्दा बढी घरपरिवारमा शौचालय छैन । राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा अनुसार मधेस प्रदेशमा एक लाख ३९ हजार २ सय १८ घरपरिवारसित शौचालय छैन ।यो प्रदेशमा रहेको कुल परिवार सँख्याको १२ प्रतिशत हो । मधेसमा ११ लाख ५६ हजार ३८३ घर परिवारले शौचालय रहेका छन । जसमध्ये १२ प्रतिशत अर्थात एक लाख ३९ हजार २ सय १८ घरपरिवारमा शौचालय छैन ।
जनगणनाको नतिजा अनुसार मधेसमा प्रदेशमा सबै भन्दा बढी घर परिवारले सधारण खाल्टे चर्पी नै प्रयोग गर्ने गरेका छन । सधारण खाल्टे चर्पी प्रयोग गर्ने परिवारको सँख्या पाँच लाख ६१ हजार ६ सय ६० रहेको छ । यो कुल घरपरिवार सँख्याको ४८ दशमलव ६ प्रतिशत हो । यस्तै शुन्य दशमलव ९ अर्थात दस हजार ३ सय २२ परिवाले सार्बजनिक शौचालय प्रयोग गर्ने गरेको जनगणनाको नतिजाले देखाएको छ । ३५ दशमलव ८ प्रतिशत परिवार अर्थात चार लाख १४ हजार ३२ परिवारले भने फ्लस भएको (सेफटी टयाँक)युक्त शौचालय प्रयोग गर्ने गरेका छन ।यसैगरी ३१ हजार एक सय ५९ घर परिवारमा फ्लस भएको (सार्बजनिक ढलयुक्त) शौचालय छ । यो कुल घरपरिवारको दुई दशमलव ७ प्रतिशत हो ।




















