हेटौंडा – राष्ट्रपति विद्यादेवि भण्डारीले हेटौंडामा पर्यटन प्रवर्दन गर्नका लागि भौतिक पूर्वाधार विकासमा ध्यान दिनुपर्ने वताउनुभएको छ । सहिद दिवस तथा सहित स्मारकको रजत जयन्तीका अवसरमा नव निर्मित प्रजातान्त्रिक पार्कको उद्घाटन् गर्दै उहाँले प्रर्यटन प्रवर्दनमा प्रदेश सरकार लाग्ने विश्वास व्यक्त गर्नुभएको छ । प्रदेशसभाको वैठकले नाम वागमती राखेकोमा धन्यवाद समेत दिनुभयो ।
हेटौंडाको सहिदस्मारक सवैको साझा थलोका रुपमा विकास भएको उहाँले वताउनुभयो । सहिद दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम हुनुनै सहिद प्रति सम्मान भएको राष्ट्रपति भण्डारीले वताउनुभयो । स्मारकमा भौतिक संरचना निर्माण गर्नु खुसीको कुरा भएको वताउनुभयो । लोकतन्त्रको प्रवर्दन र सम्वर्दन गर्न गुणस्तरिय शिक्षा, स्वास्यमा सुधार गर्न प्रदेश सरकार लाग्नुपर्ने वताउनुभयो । सहिद स्मारकको थप सुधार गर्नका लागि उहाँले शुभकामना समेत व्यक्त गर्नुभयो ।
शहिद स्मारक विकास समितिका अध्यक्ष तथा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाई, सभामुख सानुकुमार श्रेष्ठ, संघीय अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहाल, प्रत्यायोजन समितिका सभापति रामनारायण विडारी, बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल लगायतकाको आतिथ्यता रहेको थियो ।
त्यसैगरी आर्थिक मामिला तथा योजान मन्त्री कैलास प्रसाद ढुंगेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल, भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामा, सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रमुख प्रतिपक्ष दलका नेता इनद्रबहादुर वानियाँ, प्रदेशसभाका सदस्यहरु, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत लगायतकाको आतिथ्यता रहेको थियो ।