कृपा संवाददाता
निजगढ – सस्तोमा मोवाइल किनीदिने प्रलोभनमा पारेर साथीमार्फत रक्सौल पु¥याइएका निजगढ नगरपालिका वडा नम्बर ८ का २१ बर्षिय प्रमिस गुरुङ्गलाई भारतीय युवाहरुको एउटा समुहले शनिबार लुटपाट गरेको छ । हाल निजगढ नपा ९ बस्दै आएका गुरुङ्गका साथी बर्ष २० का सुरज साह र ३ जना भारतीय युवाहरुको समुहले गुरुङ्गसंग रहेको २० हजार नगद, एक थान पुरानो सामसुङ्ग मोवाइल र कानमा लगाएको आधा तोला सुनको २ वटा मुन्द्रासमेत लुटेका हुन । चक्कु प्रहारबाट गुरुङ्गको दाहिने गालामा गहिरो चोट लागेको छ ।

 

 

 

भारतको रक्सौल घर भइ बाबु÷आमासंग डेरामा बस्दै आएका सुरजले नेपाली बजारमा ५० हजार रुपैया पर्ने मोवाइल २० हजारमा किनिदिने भन्दै गुरुङ्गलाई बिहान घरबाट बोलाएर सिमापारी पु¥याएका थिए । पसलमा चिया खान आएको बेला २ दिनअघि मात्रै उनीहरुबीच सामान्य चिनापर्ची भएको थियो । रक्सौल पुगेपछि सुरजले फोनबाट बोलाएका अर्का एक भारतीय युवाको मोटरसाइकलमा चढेर तिनै जना मुख्य बजारबाट दक्षिण पर्ने बाइपास सडक पुगेका थिए । त्यहाबाट पुगेपछि गुरुङ्गलाई अर्का युवाले तयारी अवस्थामा राखेको एउटा टाटा सोमुमा चढाएर सस्तो मोवाइल पाइने पसल जाने भन्दै करिव १० किमी दक्षिणतर्फ खेतको बगैचामा पु¥याइयो ।

 

 

 

 

जिप बिग्रिएको भन्दै २ घण्टा रोकेपछि शंका लागेर घर फर्किने कुरा गरेपछि गुरुङ्गलाई रक्सौलतर्फ आउने क्रममा जिपभित्र नै चक्कु् प्रहार गरी घाइते बनाएर लुटपाट गरिएको थियो । ‘एक्कसी चक्कु देखाएर पैसा निकाल्न भने, गुरुङ्गले बताए, छैन भन्दा गालामा चक्कु प्रहार गरे, पैसा, मोवाइल र सुनको मुन्द्रासमेत लुटेर लगे ।’ ‘दिन्छु भन्दा भन्दै पनि चक्कु प्रहार र कुटपिट गर्न छोडेनन, उनले भने, अब मार्छन जस्तो लागेपछि ढोकाबाट हाम फालेर ज्यान जोगाएँ ।’ लुटेको पैसा गन्ने क्रममा जिपको गति कम भएको मौका छोपेर जिपबाट हाम फालेको उनले सुनाए । ‘फेरि पछाडिबाट लखेटदै आएका थिए, उनले भने, तर सडकमा पुगेपछि अरु मान्छेलाई देखेर सबै फर्किए ।’ लुटेराहरुको कब्जाबाट फुत्केर गुरुङ्ग घाइते अवस्थामा राति १० बजे घर आइपुगेको दाजु सन्तोषले सुनाए ।

 

 

 

 

 

गुरुङ्गले सुरज र उनको समुहका मान्छेमाथि ज्यानमार्ने उद्योगमा कारवाहीको लागि आइतबार ईलाका प्रहरी कार्यालय निजगढमा उजुरी दिएका छन् । सोही समुहले एक बर्ष पहिले निजगढ नपा ८ का दिनेश पराजुलीसंग पनि सस्तोमा मोवाईल किनिदिने भन्दै रक्सौल पु¥याएर ५० हजार रुपैया लुटेको थियो । उक्त घटनापछि रक्सौल बस्दै आएका सुरज गत फागुपुर्णिमा पर्वताकामात्र निजगढ आएका हुन । सुरजका बुबा विनोद साह निजगढ ८ स्थित शरण सुनचादी पसलमा कालिगढको काम गर्नेगर्छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here