नरेश गुप्ता
बरियारपुर –  हातिपाईला रोग सम्बन्धी नगर स्तरीय  अभिमुखिकरण कार्यक्रम  मंगलबार  महागढीमाईमा सम्पन्न भएको छ ।  महागढीमाई अन्तर्गत रहेको स्वास्थ शाखाको आयोजनामा भएको हातिपाईला रोग सम्बन्धी अभिमुखिकरण कार्यक्रममा स्थानिय जनप्रतिनिधि , स्वास्थकर्मी , संचारकर्मी लगायत आम नागरिकले समुदायमा हातिपाईला रोगबाट बच्न सबैले औषधी सेवन गर्नु पर्ने कुरामा जोड दिईएको थियो ।
निमित प्रमुख प्रशासकिय अधिकृत तथा स्वास्थ शाखा प्रमुख बिजय प्रसाद कुश्वाहाले हातिपाईला रोग रोकथामको लागि सबैको सहकार्य आवश्यक  रहेको बताए ।  प्रदेश नम्बर २ को ८ वटै जिल्ला मध्ये बारा जिल्लामा हातिपाईला रोगी फेला परेकोले यसलाई प्रभावकारी  रुपमा २ बर्ष देखि माथिको सबैलाई औषधी सेवन गर्नुपर्ने जानकारी दिए ।
हातिपाईला रोग सम्बन्धी नगर स्तरिय अभिमुखिकरण कार्यक्रमलाई स्वास्थ शाखाको अजय सिंहले सहजीकरण गरेका थिए ।  भने क्युलेकस जातको पोथी लामखुट्टेको टोकाईबाट स्वस्थ्य मानिसको शरीरमा यसको परिजिवी सर्ने गरेको यसले बिकराल रुप लिए पछि शरीरको नशाहरु सुन्निने , हात खुट्टा  मोटो हुने जस्ता यसको लक्षणहरु रहेको जानकारी दीए ।
हातिपाईला रोगबाट नेपालको ६३ वटा जिल्ला जोखिममा रहेको छ । बर्षको १ पटकको दरले ६ बर्ष सम्म हातिपाईला रोगको आम औषधी सेवन अभियान संचालन  गरिएको  भएपनी बारा जिल्लाको जितपुर र दहियारमा हातिपाईला रोगी फेला परेपछी नेपाल सरकारले पुन: यो कार्यक्रमलाई निरंतरता दिएको छ । हातिपाईला रोग लागेको मानिसको हातखुट्टा सुनिने , हाईड्रोसिल बढने , महिलाको स्तन बढने , सुजन हुने आदि लक्षणहरु देखा पर्ने चिकित्सक सिहले जानकारी दिए ।
हातिपाईलाकाे औषधी सुत्केरी , गर्भवती महिला , मधुमेहको रोगिलाई  सेवन नगर्न सल्लाह  दिईएको थियो । हातिपाईला रोगको रोकथामको लागि ओषधी सेवन अभियान , पतालागेको बिरामिको उपचार गर्नु पर्ने  हुन्छ । हातिपाईला रोग रोकथामको लागि महागढीमाईमा माघ २५ गते देखि हरेक वडामा औषधी सेवन अभियान  संचालन  गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here