हेटौंडा – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतम प्रदेशको राजधानी हेटौंडा आउने भएका छन् । केही दिनअघि मात्रै काठमाडौंमा भएको पार्टी केन्द्रीय बैठकले गौतमलाई उपाध्यक्षमा मनोनित गरेको थियो । उपाध्यक्ष भए लगत्तै गौतम हेटौंडा आउन लागेका हुन् ।
पुर्वउपप्रधान तथा गृहमन्त्री गौतम माघ २५ गते शनिवार हेटौंडा आउन लागेको जनाइएको छ । हेटौंडामा हुने नेकपा निकट प्रेस संगठन नेपालको प्रदेशस्तरीय भेलालाई संबोधन गर्न गौतम आउन लागेका हुन् । भेला भने २४ गतेदेखि नै सुरु हुनेछ ।
गौतमले प्रेस संगठनका हालै निर्वा्चित १३ वटै जिल्लाका संयोजक, सहसंयोजक र सदस्यहरुलाई सपथ ग्रहण गराउने कार्यक्रम छ । प्रेस संगठन मकवानपुरका संयोजक प्रकाश दाहालले प्रदेशस्तरीय भेलाको तयारी सकिएको जानकारी दिए ।