?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

राजन कुमार बानिया

पोखरिया,पर्साको पोखरिया नगरपालिकामा २५ बेडको आइसोलेशन सेन्टर संचालनमा आएको छ । नगरप्रमुख दिपनारायण रौनियारको पहलमा पोखरिया अस्पतालमा आइसोलेशन वार्ड संचालनमा आएको हो ।

आइसोलेसन वार्डमा रहेका २५ मध्ये ८ वटा बेडमा अक्सिजन र १७ वटा बेडलाई आइसोलेशन कक्षको रुपमा राखिएको नगर प्रमुख रौनियारले बताउनुभयो । अवश्यकता अनुसार पछि आइसोलेसन वार्डको बेड संख्या थपिदै जाने उहाँ बताउनुभयो । आईसोलेसन वार्डमा २४ घन्टा निशुल्क अक्सिजन, एम्बुलेन्स सेवा, औषधी किट र एमबिबिएस डाक्टर र भोजनको व्यवस्थासमेत छ । त्यसैगरी नगरपालिकाभित्रको होम आइसोलेशनमा बस्ने संक्रमितको लागि निशुल्क औषधी पनि उपलब्ध गराइने मेयर रौनियारले बताउनुभयो । साथै स्वास्थ्यकर्मीहरुद्वारा स्वास्थ्य परामर्श समेत दिने र निगरानी समेत गरिने प्रमुख रौनियारले जनाउनुभएको छ । प्रमुख रौनियारले सर्वसाधारणलाई स्वास्थ्थ्य सम्बन्धि कुनै समस्या परे आफनो मोबाइल नम्बर ९८५५०३७००३ मा सम्पर्क गरी जानकारी गराउन समेत आग्रह गर्नु भएको छ । रुघा, खोकी, ज्वरो र कोभिडका अन्य लक्षणहरु देखा परेको खण्डमा स्वास्थ्यकर्मीसंग सम्पर्क राखेर सुरक्षित रहन पनि उहाँले नरबासीसंग अनुरोध गर्नुभएको छ ।

त्यसैगरी बाहिरबाट नगरपालिकाभित्र आउने नागरिकहरुको निगरानी गर्न समेत प्रहरी प्रशासनसंग उहाँको माग छ । बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाईरसबाट नगरबासीहरुलाई सुरक्षित तुल्याउन आफु लागि परेको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here