हेटौंडा –  मंगलबार मकवानपुरको पर्यटकीय क्षेत्र दामनस्थित एभरेष्ट पानरोमा रिसोर्टमा दुई भारतीय परिवारको ज्यान गएको छ । नेपाल घुमेर रामाइलो गर्न आएका भारतीय दुई परिवारले आफ्ना बालबच्चा सहित मकवानपुरमा ज्यान गुमाए । दुवै परिवारका बाबु, आमा र छोराछोरीको मृत्यु भएको छ । नायर परिवारको ५ सदस्यले रिसोर्टको एउटा कोठामै ज्यान गुमाए । ३९ वर्षीय प्रविन कृष्ण नायर, उनकी श्रीमती ३४ वर्षीया शरजया नायर, ४ वर्षीया छोरी भद्र, ६ वर्षीया अर्की छोरी अर्चा र छोरा अभिनवको मृत्यु भएको छ ।

 

 

 

 

 

 

 

 

 

त्यसैगरी अर्काे परिवारका ३९ वर्षीय रञ्जित कुमार, उनकी श्रीमती ३१ वर्षीया इन्दु रञ्जित, दुई वर्षीय छोरा वैष्णभ रहेको प्रहरीले जनाएको छ । भारतको केरलाबाट आएका १५ जनाको भारतीय टोली पोखरा हुँदै सोमबार बेलुका रिसोर्टमा बास बस्न पुगेको थियो ।

 

 

 

 

 

 

 

होटलको १०१ नम्बर कोठामा बास बसेका ८ जना बिहान साढे ९ बजे हेर्दा बेहोस अवस्थामा थिए । बेहोस अवस्थामा रहेका उनीहरुलाई कैलाश एयरको हेलिकप्टरबाट काठमाडौं ह्याम्पस अस्पताल लगिएको थियो । अस्पतालमा पुग्नासाथ ८ जनालाई डाक्टरले मृत घोषणा गरे ।

 

 

 

 

 

 

 

झ्याल ढोका बन्द गरी ग्यास हिटर बालेका कारण निस्सासिएर बेहोस भएका उनीहरूको राती नै मृत्यु भएको हुनसक्ने प्रहरी अनुसन्धानले जनाएको छ । प्रहरीले उनीहरूको मुचुल्का उठाउने र परिवारसँग सम्पर्क गर्ने प्रयास गरिरहेको छ ।

 

 

रातभर हिटर बाल्दा  दामनमा ८ जना भारतीय पर्यटकको मृत्यु
चिसो कोठालाई तताउन रातभर हिटर बालेर सुतेपछि मकवानपुरमा  मंगलबार ८ जना भारतीय पर्यटककको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । भारतको केरलाबाट नेपाल घुम्न आएका १५ भारतीय पर्यटक मध्ये ८ जनाको मकवानपुरको पर्यटकीय क्षेत्र दामनस्थित एभरेष्ट पानारोमा रिसोर्टमा मृत्यु भएको हो । भारतीय पर्यटकको टोली पोखरा हुँदै सोमबार बा ३ क ३६८८ नम्बरको बसमा दामन पुगेका थिए ।

 

 

 

 

 

 

 

 

उनीहरुले रिसोर्टमा ४ वटा कोठा लिएका थिए । ८ जना रिसोर्टको १०१ नम्बर कोठामा बास बसेका थिए । एउटै कोठामा ८ जना सुतेका भारतीय नागरिक मंगलबार बिहान साढे ९ बजे बेहोस अवस्थामा भेटिएका थिए । मकवानपुर प्रहरीको प्रारम्भिक अनुसन्धानबाट रातभर हिटर बालेर सुतेको कारण ८ भारतीय बेहोस भएको खुल्न आएको प्रहरी प्रवक्ता प्रहरी निरिक्षक ललनप्रसाद कुर्मीले जानकारी दिए ।

 

 

 

 

 

 

बेहोस अवस्थामा रहेका भारतीय नागरिकलाई हेलिकप्टरबाट काठमडौंको ह्याम्पस अस्पताल लगिएको थियो । अस्पतालका डाक्टरले आज १२ बजे मृत घोषणा गरे । मृत्यु हुनेमा ४ जना बालबालिका छन् ।

Leave a Reply