निजगढ,निजगढ नगरपालिका– ६ स्थित रामजानकी चोकमा आगलागी हुँदा २ वटा गोठ जलेर नष्ट भएका छन । सोमवार बिहान रामहरी तिमल्सिना र धुब्र तिमल्सिनाको गोठमा आगलागी भएको हो ।रामहरी तिमल्सिनाको गोठमा बस्तुलाई खोले पकाउन बालेको आगो गोठमा सल्किएपछि दुबै गोठ जलेर पुर्णरुपमा नष्ट भएको हो । आगलागीबाट गोठमा राखिएको सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ ।
ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठ र सशस्त्र प्रहरी बेश निजगढका सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश शर्माको कमाण्डमा गएको प्रहरी टोली, निजगढ र कोल्हबी नगरपालिकाको दमकल तथा स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।बिहान ८ः३० बजेतिर लागेको आगो स्थानीय र सुरक्षाकर्मी मिलेर एक घण्टापछि नियन्त्रणमा आएको थियो । आगलागीबाट करिब सात लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।


















