सिमरा,बारा प्रहरीले ६४ लाख ५८ हजार रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको टोलीले यो अवैध सामान नियन्त्रणमा लिएको हो ।

प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्ज स्थित वीरगञ्जबाट काठमाण्डौंतर्फ जाँदै गरेको ना ५ ख ७१६६ नम्बरको डिब्बे ट्रकलाई रोकेर जाँच गर्दा सपोर्टिङ बिल नभएको र सामानको स्रोत खुलाउन नसकेको पाइएको थियो ।स्रोत नखुलेको र बिल नभएको सामानमा इलेक्ट्रोनिक गुड्स, लिपस्टिक र वायारिङको सामानहरू थिए, जसको अन्दाजी मूल्य ६४ लाख ५८ हजार २ सय ७४ रूपैयाँ रहेको बताइएको छ । ट्रकसहित सामानलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave a Reply