अनिल तिवारी
सिमरा – राष्ट्रिय यूवा संघ नेपाल बाराद्धारा गरीब, जेहनदार, दलित, असहाय तथा पिछडा वर्गका विद्यार्थीहरुलाई स्टेसनरि बितरन गरेको छ । संघले कलैया उपमहनगरपालिका वार्ड न. २० मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बसतपुरका कक्षा १ देखी ५ सम्मका गरीब, जेहनदार, दलित, असहाय तथा पिछडा वर्गका विद्यार्थीहरुलाई स्टेसनरि बितरन गरेको हो ।
राष्ट्रीय युवा संघ नेपाल पुरुषोत्तम साहको सभा अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा केंद्रीय सदस्य अच्युत मैनालीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा प्रदेश २ सदस्य बिनोद साह, प्रभु यादव, सुरेश यादव, राष्ट्रीय युवा संघ नेपालका केंद्रीय सदस्य ई. मोबिन आलम, नेकपका जिल्ला सदस्य रमेश शाह, बिद्यार्थी संगठन बारा संयोजक राजेश्वर कुशवाहा, साबिक युवा संघ बारा सदस्य हरि ओम गुप्ता, प्रहरी हवलदार लाल बाबू अंसारी लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा नेकपा जिल्ला सदस्य मुकेश साहले सहजीकरण गर्नुभएको थियो ।