बसन्त लामा

सिंगौंल,नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम नेपाली कांग्रेसको तर्फबाट मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंम्बर २ को प्रदेश सभा ‘२’ का उम्मेद्वार इन्द्रबहादुर बानीयाँलाई आफ्नै कार्यकर्ताले कालोझण्डा देखाएका छन् ।

बानीयाँलाई मनहरी गाउँपालिकाका दर्जन बढी क्रियाशील सदस्यहरुले कालोझण्डा देखाएका हुन् । मनहरी गाउँपालिका वडा नम्बर १ को मानव धर्म आश्रममा देउसी भैलो कार्यक्रमको नाउँमा भएको गठवन्धनको कार्यक्रममा सहभागि हुन पुग्नुभएका बानीयाँलाई कालो झण्डा देखाइएको नेपाली कांग्रेसका क्रियाशील सदस्य विशाल उप्रेतीले बताउनुभयो ।

सांसद भएपछि काम नगर्ने, झुटको खेति मात्र गर्ने, जनतालाई सधै झुटको बाचा गर्ने र पुनः यो गर्छु र त्यो गर्छु भन्दै चुनावमा भोट माग्न आएकाले कार्यकर्ताले बानीयाँलाई कालोझण्डा देखाउनुपरेको उहाँले बताउनुभयो । कालो झण्डा देखाउन कांग्रेसका स्थानीय युवा नेता तथा क्रियाशील सदस्यको सहभागिता रहेको उप्रेतीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here