कलैया,सर्वसधारण व्यक्तिलाई विदेश पठादिने प्रलोभनमा पारेर करोडौको ठगी गरेको आरोपमा पक्राउ परेका एकजनालाई बारा प्रहरीले बिहिवार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।प्रहरीले बारागढी गाँउपालिका वडा नम्बर १ का ३७ वर्षिय विजय चौधरीले वैदेशिक रोजगारी आकर्षक तलब पाउने काममा लगाइदिने भन्दै ३७ जना सर्वसाधारणलाई ठगी गरेको आरोपमा पक्राउ परेका थिए ।पीडितहरुले दिएको किटानी उजुरीपछि जिल्ला प्रशासन कार्यालय बाराबाट पक्राउ गर्न भनेर पत्र आएपछि प्रहरी अनुसन्धानबाट चौधरी समातिएका हुन् । पीडितहरुले आफूहरुलाई झुक्याएर ललाईफकाई १ करोड १० लाख ८७ हजार ९ सय ८० ठगी गरेको निवेदन दर्ता गराएका छन् । चौधरी विरुद्ध ठगी मुद्दामा अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।

Leave a Reply