निजगढ,राष्ट्रिय प्रजातन्त्र पार्टी निजगढ नगरपालिका वडा नम्बर ४ को वडा अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशनबाट शेषा सापकोटाको अध्यक्षतामा १५ सदस्यीय वडा कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा लक्ष्मण कुमार, सचिव कुमार अधिकारी, कोषाध्यक्षः श्याम पाण्डे, सहसचिव केशरबहादुर राउत, सहकोषाध्यक्ष सुरेन्द्र कुमार, सदस्यमा शंकर कार्की, लटहु कुमर, पुन्नी लाल धामी, मैना देवी अधिकारी, मेघिया धामी, सेजीलाल कुमर, श्याम खतिवडा, मोहवत धामी र सन्तु कुमर रहनुभएको छ ।

निवर्तमान वडा कार्य समितिका अध्यक्ष मोहम्मद धामीको अध्यक्षतामा भएको सो कार्यक्रममा राप्रपा केन्द्रिय कार्य सम्पादन समितिका सदस्य बिनोदकुमार भारती, केन्द्रीय सदस्य सावित्रीदेब भारती, नेता शिवप्रसाद तिमल्सिना, क्षेत्रीय अध्यक्ष वासुदेव तिमल्सिना, नगर अध्यक्ष खड्गप्रसाद उप्रेती, वडा नं ५ का वडा कार्यसमितिका अध्यक्ष शिवकुमार प्रधान लगायतको उपस्थित रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि बिनोद भारती र नेता शिवप्रसाद तिमल्सिनाले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै केन्द्रीय कार्य सम्पादन समितिका सदस्य भारतीले अबको विकल्प कम्युनिष्ट, ,कांग्रेस नभइ राप्रपा भएको बताउनुभयो । उहाँले हिन्दू राष्ट्र नेपाल, राजसंस्था पुनः स्थापना, सुशासन र भ्रष्टाचारको अन्त्य राप्रपाको मात्र नभएर आम जनताको एजेन्डा भएको हुनाले अब सबै जनताको आकर्षणको रुपमा रहेको राप्रपामा स्वत स्फूर्त रूपमा प्रवेश गर्ने क्रम बढेको पनि बताउनुभयो । कार्यक्रमको सञ्चालन निजगढ नगर अध्यक्ष खड्गप्रसाद उप्रेतीले गर्नुभएको थियो ।

Leave a Reply