कृष्ण मोहन साह

सेढवा,केही दिनयता बढेको अत्याधिक चिसोसंगै पर्सा जिल्लाको पर्सागढी नगरपालिकाका विभिन्न वडाका दलित तथा अतिविपन्न परिवारका अपाङ्गहरुलाई समानता अभियान नेपालले न्यानोको लागि कम्बल वितरण गरेको छ ।

नगरपालिकाको वडा नम्बर १, २ ,३, ४, ५ का दलित तथा अतिविपन्न परिवारमा रहेका अपाङ्ग तथा अर्धअपाङ्गहरुको घरमा पुगेर अहिले १ सय ५० जनालाई कम्बल वितरण गरेको समानता अभियान नेपाल पर्सागढीका सयोजक गोलकुमार बस्नेतले जनकारी दिनुभयो ।

बस्नेतका अनुसार नगरपालिकाको १ देखि ९ नम्बर वडाहरुमा रहेका अतिविपन्न तथा अपाङ्ग सदस्यहरु रहेको घरपरिवारमा पुगेर कम्बल वितरण कार्य भइ रहेको उहाँ बताउनुभयो । अभियानले पर्सागढी नगरपालिका अन्तर्गत करिब ४ सयभन्दा बढीलाई कम्बल वितरण गर्ने लक्ष्य राखेको बताइएको छ ।

कम्बल वितरण कार्यक्रममा समाजिक अभियानता डा चन्द्रभुषण सिंह, सोम लामा, बिक्रम कार्की, बिपिन यादब, सुनिल रायभर, बलराम बिष्ट, बिकेस राय र रामकिसोर रायलगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here