नरेश गुप्ता
बरियारपुर – बाराको श्री गढीमाई प्राबिधिक नमुना बिधालयको छात्राहरुलाई मंगलबार साईकल बितरण गरिएको छ । महागढीमाई नगरपालिकाको नगर प्रमुख उपेन्द्र प्रसाद यादवले साइकल बितरण कार्यक्रमलाई सम्बोधन गर्दै गुणस्तरीय शिक्षा आजको आवश्यकता अपिहार्य भएको बताउनु भयो । छोरिलाई शिक्षा प्रतिको रुचि बढाउन साईकल बितरण कार्यले सहयोग मिल्ने वहाले बताउनु भयो ।
महागढीमाई नगरपालिका अन्तर्गत रहेको पाच वटै माध्यमिक बिधालयको कक्षा ९ को छात्राहरुलाई साईकल बितरण गर्दै आएको बताउनु भयो । बिधार्थिहरुको मनोबल बढाउन बारा जिल्लामा एस ई ई मा टप टेन आउने बिद्यार्थीलाई नगद एक लाख र एउटा ल्यापटप उपहार स्वरुप दिने नगर प्रमुख यादवले उदघोष गर्नु भयो ।
बिद्यार्थीहरुलाई अनुशासन भित्र रहि पठनपाठन गर्न अचारसहिताको पालना गर्न वहाले आग्रह गर्नु भएको थियो । गढीमाई प्राविधिक नमुना बिधालयको ब्यवस्थापन समितिको अध्यक्ष दिप प्रकाश गुप्ताको अध्यक्षतामा समपन कार्यक्रममा नगर उपप्रमुख तारा देबि कानु , नियमित प्रमुख प्रशासकिय अधिकृत बिजय प्रसाद कुशवाहा , बिधालयको प्रधानाध्यापक रामएकबाल साह ,शिक्षक बिधार्थिहरुको सहभागिता रहेको थियो । बिधालयमा अध्यनरत कक्षा ९ को ७२ जना छात्राहरुलाई साईकल बितरण गरिएको थियो ।