नरेश गुप्ता
बरियारपुर- महिलालाई जबर्जस्ती करणी गर्ने एक जना सचिव बारामा पक्राउ परेको छ । बाराको देवताल गांउपालिका ६ स्थित आफ्नो घरबाट घर गोठ तर्फ नजिकै रहेको उखुबारिमा पिशाव फेर्न गएकी एक स्थानिय ३२ बर्षिय महिलालाई मुख थुनी जबर्जस्ती करणी गरेको अभियोगमा देवताल गांउपालिका ६ रौवाही निवासी बर्ष ४५ को बलिराम मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।
पिडित महिलाले आफुलाई उखुबारिमा लागि मुख थुनी धाक धम्की दिई जबर्जस्ती करणी गरेको घटना जिल्ला प्रहरी कार्यालय बारामा जानकारी गराएपछी अभियुक्त मण्डललाई माघ ५ गते लुकिछिपी रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
मुलकी अपराध सहिता एन २०७४ बमोजिम जबर्जस्ती करणी मुदामा समानित बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थमाइ अनुसन्धान भैइरहेको बाराको प्रहरी प्रवक्ता गौतम मिश्रले बताउनु भयो । अभियुक्त सचिव मन्डल देवताल गांउपालिकामा कार्यरत रहेको छ ।



















