सिमरा,बाराको दुईस्थानमा बिहिवार बिहान परेको चट्याङले आगलागी हुँदा लाखौंको क्षति भएको छ । बाराको बारागढी र करैयामाई गाउँपालिकामा चट्याङ परि आगलागी भएको हो ।बारा प्रहरीका अनुसार बिहान ३ बजे बारागढी ४ सुखीपथराका हरिन्द्रप्रसाद कामीको कुखुरा फर्ममा चट्याङ लागेर आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।कामीको बाँस, पराल र टिनले बनेको कुखुरा फर्ममा चट्याङ परी आगलागी हुँदा दुई हजार कुखुरा, कुखुराको दाना र कुखुरा फर्म गरी २० लाख बराबरको धनमाल नष्ट भएको छ ।यता करैयामाई ८ नरहीका अभिनाश कुशवाहाको कृषि मिटरको लागि बनाइएको फुसको घर र कृषि मिटरमा चट्याङ लागि आगलागि भएको प्रहरीले जनाएको छ ।
यसैबीच पर्साको पर्सागढी नगरपालिका– ९ एकटाङ्गा निवासी सुरेश यादवको घरमा बिहीवार बिहान आगलागी भएको छ । खाना पकाउने क्रममा चुल्होबाट सल्किएको आगोले आगलागी भएको इलाका प्रहरी कार्यालय एकटाङ्गाका प्रहरी नायब निरीक्षक नवराज घिमिरेले बताउनुभएको छ ।

आगो नियन्त्रण गर्न सखुवाप्रसौनी गाउँपालिका र पर्सागढी नगरपालिकाको दमकल (बारुण यन्त्र), स्थानीय बासिन्दा र प्रहरी टोलीको सहयोग लिइएको थियो । आगलागीका कारण सुरेश यादवको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने ८ वटा बाख्रा पनि जलेका छन् ।यस्तै, धान, चामल, गहुँ, लत्ताकपडा, सुन र चाँदीका गरगहना जलेर नष्ट हुँदा करिब ९ लाख रुपैयाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । बिहीवार बिहान ६ः२० बजे सुरु भएको आगलागी ७ः५० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो ।

Leave a Reply