अनिल तिवारी
सिमरा – संघिय समाजबादि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबले नेपालको प्रत्येक परिवर्तनको संघर्षमा मजदुरले सहयोग गरेको भएपनि मजदुरले श्रमको सहि मुल्य पानउ नसकेको बताउनुभएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको गढिमाई मन्दिरमा आयोजीकत पार्टी प्रवेस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका यादबले परिवर्तनका प्रत्येक संघर्षमा समाथ दिएका मजदुरले अहिलेपनि आफ्नो कामको उचित पारिश्रमीक पाउन नसकेको बताउनुभएका हो । उहाँले नेपालमा अहिलेपनि उद्योगपतीले मजदुरको श्रम र गरीबीको फाईदा उठाउदै आएको बताउदै पुजीबादि प्रबृतिको अन्त्य गर्न मजदुर संगठित हुन आवश्यक रहेको बताउनुभयो ।
पुर्व मन्त्रि समेत रहनुभएका यादबले बर्तमानमा मजदुरमा रहेको मजदुरको संगठन अर्थात ट्रेड युनियन दलालीको काम मात्रै गर्ने गरेको बताउदै ब्यवस्थापन, मजदुर र राज्यको संयुक्ता सहकार्य भए मात्र बजदुरको श्रमको सहि मुल्याङ्कन हुने बताउनुभयो ।