वास्तवमा भाषा आफैमा मत्वपूर्ण माध्याम हो । यदी भाषाको बिषयमा ज्ञान नै भएन भने हरेक नागरिकहरुले कुनै न कुनै स्थानमा समस्या झेल्न परेको देखिन्छ । भाषा आपसमा कुराकानी गर्ने एउटा माध्याम मात्र हो । यो भाषाका कारण मानिसको पहिचान पनि स्थापित भएको देखिन्छ । नेपाल बहुजाती र बहुभाषिक देश हो । यसैमा नेपालको बिबिधता छ । यही कारणले पनि नेपाललाई साझा फूलवारी भनिएको हो । त्यसो त केही बर्ष अघिसम्म नेपालमा नेपाली भाषाको अली बढी बर्चश्व थियो अब यो छैन ।
मधेशमा नै बिभिन्न प्रकारका भाषाहरु बोलिन्छन् । कति त भाषिकाहरु पनि छन् । भाषा र भाषिका दुबै हरेक स्थानका सम्पत्ति हुन् । यिनीहरुको संरक्षण गर्ने दायित्व र जिम्मेवारी अब सबै स्थानीय सरकारको अब हुन्छ । अहिले त स्थानीय सरकार मात्रै छैन प्रदेश सरकार पनि घरघरमा छ । यो अर्थमा पनि भाषाहरुको संरक्षण हुनु पर्दछ ।
सम्पर्क भाषा नेपाली हुनसक्छ तर स्थानीय तहमा बोलिने भोजपुरी,मैथली तथा बजिका भाषाहरुको संरक्षणका लागि नीति बन्न आवश्यक छ । भोजपुरी र बारा,पर्सा सहित तराईका नागरिकहरुको मातृभाषा नै भइसकेको छ । जुनसुकै समुदायका लागि पनि । त्यसैले अब हरेक भाषाको संरक्षण हुन जरुरी छ । भाषाको हेंला पनि गर्न हुन्न । भाषा सिकेपछि आफैलाई फाइदा हुने हो यो बिषयमा ख्याल गरौं ।