आज गौतम बुद्धको जन्मदिन । बुद्ध शब्दको अर्थ संस्कृत शब्द बुध अर्थात् जाग्नु भन्ने हुन्छ । पूर्ण रूपमा सांसारिक मोहको पीडाबाट जागेका एक महान् व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक, पथ–प्रदर्शक अनि प्रवर्तक हुन्, बुद्ध ।यस्ता महान् गुरु जसले आफ्ना प्रवचनमा भगवानले संसार सिर्जना गरेको भन्ने कुरा भन्दा पनि संसारमा धर्म र नियमको पहिचान गर्दै मानिसलाई सांसारिक मोह र तनावबाट ब्युँझाउन सहयोग गरे गरेका छन् तिनैलाई बुद्ध भनिन्छ । हृदयको खेतमा सत्यता अनि शान्तिको बिऊ बीजारोपण गर्न सिकाउने बुद्धको जन्म ईशापूर्व ५४३ मा हालको नेपालको रुपन्देही जिल्लामा सालको रुखहरू भएको बगैँचाको बिचमा भएको थियो ।आज विश्व बुद्धको आदर्शलाई शिरोधार्य गरेर हिँडेको छ ।
शान्ति, सत्यता, अहिंसा अनि सरलताका लागि बुद्ध संसारका गुरु हुन् । २५०० वर्ष भन्दा अघिको उनको ज्ञानको अविरल कुञ्जले मानव समुदायलाई एउटा नयाँ शान्त आयाम दिएको छ । गौतम बुद्धका जीवनमा यो वैशाख शुक्ल पूर्णिमाले ठुलो महत्व छ । उहाँको जन्म, ज्ञान प्राप्ति अनि समाधि यही वैशाख पूर्णिमाकै दिन भएको हो ।

त्यसैले पनि आजको दिनको बिशेष महत्व नेपाली समाजमा रहदै आएको छ । नेपाली समाजमा मात्र होइन अब चैं बुद्धत्वको भावना सबैमा हुन आवश्यक देखिएको छ ।
बिश्वमा आज आफ्नो अस्तित्वका लागि मानिसले जे पनि गर्ने भएका छन् । आपसमा काटमार अनि लडाइका कारण बिश्व नै आक्रान्त छ । मानिस आफ्नो स्वार्थका लागि जे पनि गर्न लागिरहेको अवस्थामा बुद्धको भावना सबैमा आउन आवश्यक छ ।

आज गौतम बुद्धको जन्मोत्सव मनाइरदा फेरि उहाँको उपदेशको पनि अनुशरण गर्न आवश्यक देखिन्छ । त्यसैले गौतम बुद्धको भावना सबैमा जागृत होस्, भगवान गौतम बुद्धको जन्मदिनको अवसरमा सबैमा शुभकामना ।

Leave a Reply