सिगौंल,लायन्स क्लब अफ निजगढ युथले निजगढ नगरपालिका वडा नम्बर २ स्थित लेकप्रिय आधारभूत विद्यालयमा शनिवार आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा १८५ जनाले स्वास्थ्य परीक्षण गराएकाछन ।

शिविरमा एम.बी.बी.एस, एम.डी एनडोक्रानोलोजीष्ट डा. राजिव यादव लगायतको चिकित्सकीय टोलीले विरामीहरुको स्वास्थ्य परीक्षण गरेको थियो ।

शिवीरमा जनरल फिजिसियन, हाडजोर्नी तथा नशा, मुटु रोग, थाइरोइड, मधुमेह लगायतका बिरामीहरुको परीक्षण गरिनुको साथै औषधिसमेत वितरण गरिएको लायन्स क्लब निजगढ युथका अध्यक्ष जनक श्रेष्ठले जानकारी दिनुभयो ।

शिवीर कार्यक्रममा लायन्स क्लब अफ निजगढको अध्यक्ष अरुण सर्राफ, लायन्स क्लब अफ निजगढ पिसका अध्यक्ष विनोद घिमिरे, लायन्स क्लब अफ निजगढ सिटीका अध्यक्ष विष्णुगोपाल रिसाल र निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । शिवीर शुरु हुनुअघि लायन बिरु बज्राचार्यको असामयिक निधनको शोकमा एक मिनेट मौन धारणसमेत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here