हुन त् १३ चैतमा सपथ खाएकै दिनदेखि प्रधानमन्त्री बालेन शाहले जनताको पक्षमा काम गरिरहेको र जनताका लागि नै केही गरिरहेको बताउदै आएको सुनिन्छ ।बालेन शाहले सार्वजनिक रुपमा धेरै बोलेको त सुनिदैन तर कम बोले पनि आशय भने बालेनको यस्तै देखिन्छ । तर सरकारले जे जति काम गरेपनि नागरिकहरुका लागि खासै राहतको कुरा आएको छैन । केही क्षेत्रमा सुधारका लागि प्रयास गरेको जस्तो त देखिन्छ तर सुधार मात्रले पुग्दैन अब । हुन त् सरकार गठन भएको नै एक सय दिनलाई त सामान्यतया काम गर्ने समयकै रुपमा हेरिन्छ नै ।

तर, केही स्टण्डभन्दा बाहेकको क्षेत्रमा सरकारको चासो गएको देखिदैन । शनिबार र आइतबार बिदा दिने, कर्मचारीलाई तलब महिनामा दुई पटक दिने अनि सुकुम्वासी बस्ती हटाउने कुरा सरकारको केही प्राथमिकता जस्तो देखिन्छ ।सुकुमवासीका नाउँमा बद्मासी नै भएका छैनन् पनि नभनौं तर सबै हुकुमवासी पनि छैनन् । प्रधानमन्त्री बालेन शाहले यो कुरा पनि बेलैमा बुझ्न जरुरी छ । घरवारविहिन कसैलाई बनाइयो भने त्यसको हिसाव फेरि सरकारले नै नराम्रोसंग चुक्ता गर्नुपर्ने हुन्छ ।

अहिले नागरिकहरु चर्को महँगीको मारमा छन् । बिश्वमा लडाइको कुरा पनि छ तर यो लडाइ त सामान्य भयो भनौं न किनभने लडाइ कही न कही हुन्छ र यो हाम्रो देशले चाहेर रोकिने कुरा पनि होइन । समस्यामा सरकार चाहिन्छ र यो समस्यामा बालेन सरकारले के गरेको छ नागरिकहरुका लागि भन्ने कुरा महत्वपूर्ण हो । सरकार भएको अनुभूति नागरिकहरुलाई बालेनले गराउन अति आवश्यक छ । अब भत्काउने तिर मात्र होइन राहत दिनेतर्फ पनि सोचौँ ।

Leave a Reply