चुनाव आउदैछ, अबको करिब प्रन्ध दिनमा मतदान हुनेछ अनि धमाधम मत परिणामहरु सार्वजनिक हुनेछन् । मत परिणाम सार्वजनिक भएपछि को कति पानीमा हुनेछ त्यसको पनि हिसावकिताव हुनेछ तर अहिले भने देशभर भएको राजनीतिक दलको गतिविधिलाई हेरे स्पष्ट हुन्छ । देशभर राजनीतिक दलको अवस्था हेर्दा भद्रगोल छ । चुनावी गठबन्धन गरेको भनिएको दलमा त झनै समस्या छ ।

धेरै ठाउँमा एकल उम्मेदवार दिएको एमालेमा समेत समस्या छ । एमालेले आफूमा समस्या नदेखेपनि धेरै स्थानमा समस्या छ भने माओवादी, काँग्रेस लगायतका दलहरुमा त चर्को असंतुष्टी नै छ । आफूले जित्ने कयौं स्थान छाड्नु पर्दाको पीडाले काँग्रेस रनभुल्लमा छ भने एकीकृत समाजवादी समेत आफ्नै समस्यामा छ । सानो दल भएपनि उसका समस्याहरु छताछुल्ल भइरहेका छन् ।

यस्तो अवस्थामा कसले गोल गर्छ भन्ने कुरा रोचक छ । हुनत राजनीतिमा यो रोचक पन आवश्यक पनि छ । रोचक भएन भने दर्शकलाई रमाइलो पनि लाग्दैन । त्यसैले पनि चुनाव आफैमा महत्वपूर्ण हो र गोल हान्ने कुरा झनै महत्वपूर्ण हो । त्यसैले यही महत्वकाबीचमा कसले गोल गर्नेछ त्यसका लागि समय कुर्नु पर्ने छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here