पुष्पराज खतिवडा
बारा,जीतपुरसिमरा उपमहानगरपालिकाद्वारा संचालित गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा)को प्राविधिक सहयोग प्राप्त गरी व्यवसाय शुरु गरेका उद्यमीलाई प्राविधिक सहयोग सामाग्री हस्तान्तरण गरिएको छ ।
शुक्रवार पालिका उपप्रमुख भोलाप्रसाद अधिकारीसहितको टोलीले वडा नम्बर १७ र १८ ३ जना र रामनगर लघुउद्यमी समुहमा आवद्ध उद्यमीलाई प्राविधिक सहयोग साम्राग्री हस्तान्तरण गरेको हो ।

पालिकाकोतर्फबाट सहयोग सामाग्री प्राप्त गर्नेमा जीतपुरसिमरा १८ बडहर्वा चोकमा सिलाइ व्यवसायमा संलग्न रामकिशोर चौधरी, सोही वडाको लामिडाँडामा पशुपालक किसान कालेबहादुर राई र कुस्माडीमा इन्टरलक ईटा उत्पादन गर्दै आएका जितेन्द्र चौधरी छन् ।सिलाई व्यवसाय गर्दै आएका चौधरीलाई स्टीम आइरन, राईलाई घाँस र पराल काट्ने चापकटर मेशिन तथा अर्का व्यवसायी चौधरीलाई बालुवा गिट्टीसहित सिमेन्टबाट निर्मित ईँटाको गुणस्तर मापन गर्ने स्ट्रीथ लेभल मेशिन एक एक थान प्रदान गरिएको हो । यस्तै रामनगरको उद्यमी समूहलाई डिजिटल तराजु एकथान, स्पेयर टंकी ५÷५ रोल र मल्चिंङ्ग प्लास्टीक प्रदान गरिएको वरिष्ठ लघुउद्यम विकास सहजकर्ता दिपनारायण चौधरीले जानकारी दिनुभयो ।
कार्यक्रम अन्तरगत १ लाख चालिस हजार रुपैंयाको बजेट खर्चेर ८० प्रतिशत अनुदानमा सामाग्री वितरण गरिएको उहाँले बताउनुभयो । सहयोग सामाग्री हस्तान्तरण गर्नुहुँदै जीतपुरसिमराका उपप्रमुख अधिकारीले व्यवसायमा संलग्नहरुको व्यवसाय संचालनमा टेवा दिन र आय आर्जन वृद्धि गर्ने उद्देयले सामाग्री हस्तान्तरण गरिएको बताउनुभयो ।
कार्यक्रममा पालिका उपप्रमुख एवं उद्यम विकास अनुगमन उपसमितिका संयोजक अधिकारी, सदस्य प्रभावती देवी पास्वान, शान्ताकुमारी बजगाँई, वडा नम्बर १८ का अध्यक्ष चतुरबाबु वाग्ले, १७ का अध्यक्ष भिम लामा, पत्रकार रंजन यादवलगायतको सहभागिता थियो ।

Leave a Reply