हुनत माघी भनेपछि माघ १ गतेलाई नै लिने गरिन्छ । माघ भनेपछि बिस्तारै चिसो घट्दै जाने र गर्मी बढ्दै जाने महिनाको रुपमा पनि लिइन्छ । माघ १ गते धेरै हिसावले महत्वपूर्ण छ । माघ १ गते नेपालमा रहेका थारु समुदाय र मगर समुदायको नयाँ बर्ष हो । नयाँ साल शुरु हुने भएपछि यो समुदायलाई यसै पनि हर्ष हुने नै भयो । आफ्नो चाडवाड मनाउन पाउने कुरा नेपालको संबिधानले नै सबैलाई स्पष्ट बनाएको छ ।

 

 

 

 

 

 

 

 

त्यसैले माघी पर्वका बिषयमा संस्कृतिक महत्व हुनु आफैमा सकारात्मक कुरा हो । माघी पर्वका बिषयमा सरकारले पनि ध्यान दिन आवश्यक छ । पहिला माघीका बिषयमा सरकारले सार्वजनिक बिदा दिने गरेको थियो तर अहिले बिदा कटौती गर्ने गरेको पाइन्छ । बिदा कटौतीका लागि भएका कतिपय प्रयासहरु सकारात्मक भएपनि नेपाल बिभिन्न जातजातीको मिश्रण भएको मुलुक हो ।

 

 

 

 

 

 

 

यो मुलुकको बिषयता पनि यही नै हो । त्यसैले यस्ता जातीय र धार्मिक पर्वहरुका बिषयमा स्थानीय सरकारहरुले ध्यान दिन आवश्यक छ ।बारामा अहिले माघी महोत्सव समेत भएको छ । माघी महोत्सवको प्रचारप्रसारसँगै यसको समग्र बिकासका लागि सरकारहरुले ध्यान दिन आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here