गत शुक्रवार मध्यरातमा आएको विनाशकारी भूकम्पबाट जाजरकोट र रूकुम पश्चिममा ठूलो मानवीय र भौतिक क्षति भएको छ । सयांै घरहरू भत्किएर हजारौं नेपाली विस्थापित हुनुपर्ने दुःखद् अवस्था आएको छ । एकातिर आफन्त गुमाएको पीडा अर्कोतर्फ विस्थापित हु्नुपर्दा गाँस, बास र कपासकै समस्याले आक्रान्त छन् त्यहाँका हजारौं नेपाली दाजुभाइ दिदीबहिनीहरू । उनीहरूले अहिले जीवनकै सबैभन्दा ठूलो पीडा भोग्नुपरिरहेको छ । उनीहरूको पीडा हामी सबै नेपालीको साझा पीडा हो । शुक्रबार सबै काम सकेर भोलिको सुन्दर जीवनको कल्पना गर्दै ओच्छ्यानमा गएकाहरुले क्षणभरमै जीवन गुमाउनुपर्ला भनेर सोचेका थिएनन् । तर, हुनेहुनामी भएरै छोड्यो । निर्दोष जीवन आफ्नै घरभित्र पुरिन विवश भयो । खुनी भूकम्प रातको समयमा आउँदा धेरैले अकल्पनीय जीवन गुमाउनुप¥यो । सिंगो देश एकाएक शोकमा डुब्यो ।प्रकृतिको लीला कसले पो टार्न सक्छ र ? त्यसैले अब जाजरकोट र पश्चिम रूकुममा सहानुभूतिका शब्दहरू होइन सहयोगी मन र हातहरूको खाँचो छ । एउटा नेपालीलाई दुख्दा अर्को नेपालीको मन मुटु पनि दुख्नुपर्छ । यो हामी नेपालीको संस्कार हो । यस्तो विपदको बेलामा सबैले सहयोगी र हातेमालोको संस्कार देखाउन सक्नुपर्छ ।

Leave a Reply