कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि ।

कृष्ण मोहन साह

सेढवा –  थारुहरुको नँया बर्ष २६४४ को अवसरमा जिराभवानी गाउपालिकाले खिचडी माघी महोत्सवको आयोजना गरी धुमधामका साथ माघी मनाएका छन् । वडा नम्बर २ सेढवामा आयोजित सो महोत्सवमा लोप हुन लागेका संस्कृति, परम्परा, भाषा तथा पहिरनको प्रदर्शन गरेका थिए । गाउँपालिका आन्तर्गतका माबि सेढवा, माबि जितपुर नौकाटोलाका छात्रछात्राहरुले थारु भाषाका गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

 

 

कार्यक्रममा सहभागी जनताहरु ।

 

 

साथै आदिवासी थारु समुदायको परम्परागत झम्टा नृत्य, गीत सहित घाटोको पनि प्रदर्शन गरिएका थिए । महोत्सवमा थारु यूवा यूवतीहरुले समाजमा रहेका दाइजो प्रथा, बाल बिबाह न्यूनिकरण गर्ने नाटकहरु समेत प्रदर्शन गरिएका थिए । महोत्सवमा थारु समूदायको खानाका परिकारहरुमा हास कुखुरा परेवाको मासु, माछा, घोगीं, गंगटो, खिर लगायतका पनि प्रदर्शन गरिएको थियो ।

 

 

 

 

वडा नं २ का वडाध्यक्ष महादेव महतोका सभापतित्व तथा गाउँपालिका अध्यक्ष रामप्रीत महतोको प्रमुख आतिथ्यमा सो कार्यक्रम संचालन भएका थिए । कार्यक्रममा थारु कल्याणकारी समिति पर्साका कार्यबाहक अध्यक्ष ठाकुर महतो, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी, वडाध्यक्ष उमेश कुमार सिंह, सुवास राउत थारु, थारु पत्रकार संघ नेपाल पर्साको अध्यक्ष ओमप्रकाश चौधरीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

 

कार्यक्रममा सहभागी अतिथीहरु ।

 

 

 

 

 

कार्यक्रममा नेरामाबि सेढवाका प्रअ जितेन्द्र गौरो, बितो महतो जनता माबि जितपुर नौकाटोलाका प्रअ रामाशंकर चौधरी, राधेश्याम राय, शिक्षक लहवर प्रसाद चौधरी, शिक्षिका अन्जु कुमारी लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

 

 

थारु समुदायमा माघीको रौनक जिराभवानी गाउँपालिकाको पकडीटोलमा बृहत कार्यक्रम
यसैबीच पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर १ पकडिटोलमा पनि माघी महोत्सव धुमधामका साथ मनाइएको छ । सङ्क्रान्तिको अघिल्लो दिन जिता मार्ने, मिठा परिकार खाने र माघी नुहाउने थारु समुदायमा परम्परागत चलन छ ।

 

 

 

 

थारु समुदायमा मनाइने माघी पर्वमा पुस मसान्तको अघिल्लो दिन खोला र नदीमा माछा मार्ने, मसान्तका दिन जिता मार्ने सुँगुर बंगुर मार्ने नयाँ धान कुटाएर राखिएको चामलको पिठोबाट बनाइने ढिक्री तिलौरी लाई लगायतका परीकार बनाएर नाचगान गर्दै मिलेर खाने गर्छन् ।

 

आफ्नो परमपरा झल्काउदै थारुहरु ।

 

 

 

साथै माघे सङ्क्रान्तिको दिन बिहानै खोला वा नदीमा माघी नुहाउने र नजिकैको मन्दिरमा पूजा गर्न जाने परम्परागत चलन पनि छ ।थारु समुदायको बाहूल्यता रहेको मध्ये तराइका बारा, पर्सा,रौतहट ,चितवन लगायत प्रदेश नम्बर २का जिल्लामा बसोबास गर्ने थारु समुदायले माघे संक्रान्तिका दिनलाई ठूलो चाडका रुपमा मनाउने गर्दछन् भने थारु समुदायले माघलाई नयाँ वर्षका रुपमा पनि लिने गर्छन् ।

 

 

 

 

 

 

कार्यक्रम नेकपा पुर्ब सान्सद जय प्रकाश थारूको प्रमुख आथितव तथा पकडिटोल युवा समाजका अध्यक्ष सुमीत दासको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा बिशिष्ट अथिती जिराभवानी गाउँपालिकाको उपप्रमुख उषा देबी थरूनी, वार्ड नंबर १ का सदस्य सोमनाथ सापकोटा , समाज सेबी रामतऔतार पटवारी समाजसेवि रामसरन खवास नरेस गुरो शुभनारायन पटेल सुरेश खवास धनेश खवास कमलेश राय लगयेत स्थानीय पत्रकार बुध्दिजीवी महिला बालबालिक लगायत को उल्लेखनीय सहभागीता रहेको थियो ।

 

 

 

उक्त कार्यक्रमको स्वागत मन्तब्य समाजसेवी रामशरण खवासले गर्नु भएको थियो । भने कार्यक्रम सञ्चालन रामप्रीत महतोले गर्नु भएको थियो । कार्यक्रममा थारू समुदायमा बिस्तारै हराउँदै गएको झमटा नृत्य पनी प्रस्तुत भएको थियो । कार्यक्रममा स्थानिय गायक नेपाली नीरहुवा उर्फ जितेन्द्र राय र स्थानीय बालबालिकाहरुले पनी आ – आफ्नो जातिय भेषभुषामा नृत्य प्रस्तुत गरेका थिए ।

 

 

 

 

 

 

माघी पर्वसँगै थारु जातीमा खेतबारी अधिया बटैँया लगाउने, गाँउको बडघर, चौकीदार, गुरुवा, ल्वाहार राख्न खुजनी बुजनी पक्कापक्की गर्ने परम्परागत चलन अहिले पर्सामा हटेका स्थानीय थारू अगुवाहरू भनाइ रहेको छ । जिराभवनी गाउँपालिका वार्ड नंबर १ पकडिटोलको युवा समाजको आयोजक समितिका अध्यक्ष सुमित दास थारुले जानकारी दिनुभयो । 

 

 

 

 

 

पर्साको कृषि र पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोग पुर्याउने उदेश्यका साथ राज्यको पुर्नसंरचनासँगैै स्थानीय तह भएपछि यस क्षेत्रमै दोस्रो पटक सो कार्यक्रमको आयोजना गरेको जिराभवानी गाउपालिकाका उपप्रमुख उषा देबिले बताउनुभयो । सो कार्यक्रममा भोजपुरी कलाकारसँंगै स्थानीय थारु कला संस्कृति र देउडा झमटा थारू संस्कृति खानपान वस्तुहरुको प्रदर्शनी पनी गरेको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here