?
नरेश गुप्ता
बारा –  लागू ओषध गांजा ओसारपसारमा सल्गन चार महिला सहित पाँच  जनालाई बारा प्रहरीले  पक्राउ  गरेको छ । ईलाका प्रहरी  कार्यलय निजगढ बाट खटेको टोलिले  पुर्व पश्चिम राजमार्ग निजगढ ९ सहिद चौकमा सवारी चेकजाँचको क्रममा  झोलामा लुकाई छिपाई ल्याईरहेको  लागू ओषध गांजा १२ किलो ७६० ग्राम पक्राउ  गरिएको बाराको प्रहरी  उपरीक्षक बिकास राज खनालले बताउनु भयो ।
गांजा ओसारपसारमा सल्गन जिल्ला महोत्तरी भाङहा नपा १ गोदार बस्ने दुनेश यादवको श्रीमती बर्ष ३० को ममता कार्की , जिल्ल धनुषा मुखियापट्टी गाउपालिका २ बहेरोबेला बस्ने दुखन महतोको  छोरा बिन्दु महतो , जिल्ला पर्सा सखुवा प्रसौनी गांपा हिरालाल बिकको श्रीमती बर्ष ३७ को बिमला बिक त्यसैगरी सोही ठाउँ बस्ने हैदर माझीको श्रीमती बर्ष ५० को पल्टी माझी, र  तुलसी माझीको श्रीमती बर्ष ६० को रसिया चौधरी लाई पक्राउ  गरिएको छ । पक्राउ  परेका पाँचौ जनालाई समानित बारा जिल्ला अदालतमा प्रस्तुत गरि १० दिनको म्याद थमाई आवश्यक अनुसन्धान  जारी रहेको बाराको प्रहरी प्रमुख बिकास राज खनालले जानकारी  दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here