वीरगन्ज,वीरगन्ज महानगर पालिकाका नगर प्रमुख बिजयकुमार सरावगीले होटल तथा पर्यटन व्यवसायीहरुले राखेको कर छुटको मागमा आपूm सकारात्मक रहेको बताउनुभएको छ । होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जले कोरोना संक्रमणको महामारीमा लामो समयसम्म लगाइएको निषेधाज्ञाले होटल तथा पर्यटन क्षेत्र धरासायी बनेको भन्दै यो निषेधाज्ञा अवधिभर स्थानीय तहले लिने सबै प्रकारको कर छुट गर्नुपर्ने माग गर्दै आइतबार ज्ञापन पत्र बुझाएपछि वीरगन्ज महानगरपालिकाका नगर प्रमुख सरावगीले होटल तथा पर्यटन व्यवसायीहरुको पीडा आपूmले बुझेको र यसलाई आफ्नो तर्फबाट हुनसक्ने सहयोगको प्रयास गर्ने आश्वासन दिनुभयो । संघका अध्यक्ष हरि पन्तको नेतृत्वमा गएको होटल तथा पर्यटन व्यवसायी संघले महानगर प्रमुख सरावगीलाई ज्ञापन पत्र बुझाउदै वीरगन्ज महानगर क्षेत्रभित्र रहेका सम्पूर्ण आवासीय होटल तथा पार्टी प्यालेसले अर्जेको घरको घर बहाल कर र होटल व्यवसायको बार्षिक व्यावसायिक कर तथा सरसफाइ शुल्क एक आर्थिक वर्षका लागि छुट दिनुपर्ने माग गरेको छ । त्यस्तै व्यवसायीहरुले वीरगन्ज क्षेत्रमा संचलनमा रहेका होटल तथा पर्यटन व्यवसायका संचालक तथा होटल तथा पर्यटन क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई कोरोना संक्रमण विरुद्धको खोप यथासक्य चाडो उपलब्ध गराउन पनि माग गरेका छन । ज्ञापन पत्र बुझेपछि व्यावसायीहरुको मागलाई सम्बोधन गर्ने मेयर सरावगीले आफ्नो प्रयास रहने आश्वासन दिनुभयो । उहाँले व्यवसाय कर छुट दिन खासै समस्या नभएपनि सरसफाइ कर र घर बहाल करहरुमा भने कानुनी जटिलता रहेकोले यस विषयमा कार्यपालिकामा प्रस्ताव पेस गर्ने तथा नगरसभाबाट समस्या समाधानको खोजी गरिने बताउनुभयो । महानगरपालिका व्यावसाय संचालन गर्ने व्यवसायीहरुलाई विस्थापित गर्ने मनसाय महानगरको नरहेको बताउदै उहाँले व्यवासय संरक्षणका लागि स्थानीय तहको सरकारको हैसियतले गर्न सक्ने सहयोगको प्रयास रहने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here