काठमाण्डौ – नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले यही पुस २७ देखि २९ गतेसम्म विशेष महाधिवेशन गर्ने तयारी गरेको छ । विशेष महाधिवेशन पक्षधरहरूले काठमाण्डौमा हिजो र आज गरेको छलफलपछि कांग्रेस महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाबिपुस २७ देखि २९ गतेसम्म विशेष महाधिवेशन गर्न कांग्रेस महामन्त्रीद्वयको तयारी
काठमाण्डौ – नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले यही पुस २७ देखि २९ गतेसम्म विशेष महाधिवेशन गर्ने तयारी गरेको छ । विशेष महाधिवेशन पक्षधरहरूले काठमाण्डौमा हिजो र आज गरेको छलफलपछि कांग्रेस महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशन गर्न तयार भएका हुन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले नियमित महाधिवेशन नहुने भनेको विशेष महाधिवेशनको ढोका ढकढकाउनु रहेको बताउनुभएको छ । महामन्त्रीद्वयले संस्थापन पक्ष तयार नभए पनि विशेष महाधिवेशन गर्ने तयारी गरेका छन् ।
विशेष महाधिवेशनका लागि भृकृटीमण्डपको हल बुक गरिसकेको पार्टी केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताउनुभयो । विशेष महाधिवेशन बोलाउन कार्यवाहक सभापतिलाई आग्रह गर्ने तर नबोलाइए महामन्त्रीहरूले बोलाउने तय भएको छ ।कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेर असोज २८ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा निवेदन दिएका छन् । पार्टी विधानमा ४० प्रतिशत प्रतिनिधिले हस्ताक्षरसहित विशेषको माग गरेर निवेदन दिएमा तीन महिनाभित्र बोलाउनुपर्ने बाध्यात्मक व्यवस्था छ ।
यसैबीच विशेष महाधिवेशन आयोजना गर्ने भन्दै भृकुटीमण्डपमा हल बुक भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफलका लागि दुई जना महामन्त्री र कार्यवाहक सभापतिसँग छलफल गर्ने भनिए पनि स्थगित भएको छ ।
धवेशन गर्न तयार भएका हुन् ।
सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले नियमित महाधिवेशन नहुने भनेको विशेष महाधिवेशनको ढोका ढकढकाउनु रहेको बताउनुभएको छ । महामन्त्रीद्वयले संस्थापन पक्ष तयार नभए पनि विशेष महाधिवेशन गर्ने तयारी गरेका छन् ।विशेष महाधिवेशनका लागि भृकृटीमण्डपको हल बुक गरिसकेको पार्टी केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताउनुभयो । विशेष महाधिवेशन बोलाउन कार्यवाहक सभापतिलाई आग्रह गर्ने तर नबोलाइए महामन्त्रीहरूले बोलाउने तय भएको छ ।
कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेर असोज २८ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा निवेदन दिएका छन् । पार्टी विधानमा ४० प्रतिशत प्रतिनिधिले हस्ताक्षरसहित विशेषको माग गरेर निवेदन दिएमा तीन महिनाभित्र बोलाउनुपर्ने बाध्यात्मक व्यवस्था छ ।

यसैबीच विशेष महाधिवेशन आयोजना गर्ने भन्दै भृकुटीमण्डपमा हल बुक भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफलका लागि दुई जना महामन्त्री र कार्यवाहक सभापतिसँग छलफल गर्ने भनिए पनि स्थगित भएको छ ।

Leave a Reply