केही महिनाअगाडि मात्रै माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपालमा समाजवादी मोर्चा आवश्यक रहेको बताएका थिए । त्यसको केही समयपछि प्रधानमन्त्री बनेका उनले यो कुरा झन जोडले उठाए । अन्ततः उनले बोलेको कुरा सोमवार पूरा भएको छ । तत्कालका लागि सरकार संचालनका हिसावले महत्वपूर्ण मानिएको माधव नेपालको पार्टी र उपेन्द्र यादवको पार्टीलाई आफ्नो पंजामा पार्न सफल भएका छन् । त्यसो त हिजो आफैसंग रहेका तर बीचमा प्रचण्डको खोइरो खनिरहेका उग्रक्रान्तिकारी बनेका नेत्रबिक्रम चन्दलाई पनि उनले आफ्नोमा ल्याउन सफल भएका छन् ।यसलाई प्रचण्डले जसरी व्यख्या गरे पनि यो सत्ताका र शक्तिका लागि चालिएको कदम हो । एमाले र कांग्रेसलाई साइजमा ल्याउनका लागि प्रचण्डले खेलेको खतरनाक राजनीतिक खेल हो । जनताको कुरा गरेपनि वास्तवमा यो त जनतालाई उल्लु बनाउने कुरा नै हो साथमा यसमा आवद्ध केही नेतालाई पनि प्रचण्डले बिस्तारै उल्लु बनाउनेछन् ।आफ्नो सत्ता जोगाउनका लागि प्रचण्डले खेलेको खेलमा माधव र उपेन्द्रहरुलाई त फाइदा भए नै लागे नै तर चन्द पनि सहभागी भएर उनी पनि उल्लु बन्दैछन् यद्यपि प्रचण्डको पछि लागेर उनले फाइदा लिन सक्ने अवस्था भने फेरि छदैछ । नयाँ उदय भएका शक्ति र गुम्दै गएको आफ्नो जनआधारमा राजनीतिक सेण्डीकेट खडा गर्नका लागि गठन गरिएको यो समाजवादी मोर्चाले देशलाई सही निकास दिनेमा भने यसै पनि आशंका छ ।

Leave a Reply