मुलुक अहिले संघीय संरचनामा रहेको छ । घरघरमा लगभग सरकारहरु छन् । नागरिकहरुले चाहेको खण्डमा घरघरबाट नै सरकारी सेवा सुबिधा लिन सक्ने ब्यवस्था पनि मिलाइएको छ । सरकारले आमभ नागरिकहरुका लागि अनुभूति दिलाउने खालको काम गरेको छ कि भन्ने कुरामा समेत बहस र समीक्षा हुन आवश्यक देखिन्छ । अहिले नागरिकहरुको घर दैलोमा सरकार भएपनि नागरिकहरुले अनुभूति गर्न पाएनन् भने त्यो बिडम्बना कुरा हो ।

 

 

 

 

लामो समय स्थानीय तह कर्मचारीको हातमा रह्यो । उनीहरुले शासन गर्दा मुलुकमा चरम बेथिती बढेको कुरा पनि आयो । कर्मचारीमाथि आरोप पनि लाग्यो । उनीहरु भ्रष्टचारमा लिप्त रहेको कुरा पनि बाहिर आएको थियो । लामो समय कर्मचारीको हातमा शासनसत्ता रहदा मुलुकमा बेथिती रहेको कुरा पनि आयो तर अहिले समय फेरिएको छ अब शासनसत्तामा जनप्रतिनिधिहरु छन् ।

 

 

 

जनप्रतिनिधिहरुले शासनसत्ताको बागडोर सम्हालेपछि त समस्या नहुन पर्ने हो । बेथिती सदाका लागि अन्त्य हुनु पर्ने हो तर हुन सकेन । अझैपनि कतिपय स्थानीय तहमा बकिृति र बेथितीहरु भित्रिएको र फैलिएको भन्ने कुरा आएको छ । यसरी जनप्रतिनिधिहरु हुदा पनि बेथिती अन्त्य नहुनु भनेको बिडम्बनाको कुरा हो । यसमा ध्यान दिन आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here