अनिल तिवारी
सिमरा – दुई दिनदेखि घाम नलागेका कारण चिसो बढेपछि बारा लगाएत मध्य तराईकै जील्लाहरुमा जनजिवन प्रभावित भएको छ । बारामा दुई दिनदेखि बाक्लो हुसु लाग्ने र घाम नलागेपछि चीसो बढेको हो । चिसोका कारण विद्यालय जाने विद्यार्थीका साथै विभिन्न कार्यलयमा काम लिएर जाने सेवाग्राहीको संख्यामा समेत कमि आएको देखिएको छ । दुई दिनदेखि लगातार हावा चल्ने र घाम नलागेपछि यहाँ चिसो बढेको हो ।

 

 

 

जल तथा मौसम विज्ञान विभागको सिमरा स्थित फिल्ड कार्यालय बुधवार साझसम्म न्युनतम तापक्रम १३ डिग्री सेल्सियस रहेको जनाएको छ । यसरी चिसो बढेसंगै जील्लामा रहेका दलित तथा विपन्न समुदाय थप पिडामा परेको देखिएको छ । चटाई बिछाउने र त्यहीँ ओढ्ने गरेका यस समुदायका अधिकाशं परिवार दैनिक जालादारीमा काम गर्ने गरेको पाईन्छ । बिहान र बेलुकाको छाक टार्नमै लाग्ने यस समुदायमा सहयोगीहरुले समयमै सहयोग गर्न पाए जाडोँका कारण हुने मानविय क्षतीलाई क मगर्न सकिने जीतपुरसिमरा उपमहानगरपालिका १० बस्ने सुगन्धि पासवानले बताउनुभएको छ ।

 

 

 

यसैगरी बढेको चिसो कारण बच्चाका साथै बृद्धहरुमा विभिन्न समस्या देखा पर्ने भएका कारण बच्चा र बृद्धलाई चीसोबाट बढि जोगाउनुपर्ने नेशनल मेडिकल कलेजका डा. असरफ हुसेनले बताउनुभयो । उहाँले जाडोमा सबैलाई न्यानो कपडा लगाउने, सकेसम्म घर भित्र बस्ने, झोल युक्त खाने कुरा खाने र समान्य समस्या आएको खण्डमा नजिकको स्वास्थ्य संस्थामा गएर चिकित्सकसंग सल्लाह लिन अग्रह गर्नुभएको छ । चिसोका कारण बच्चाहरुमा रुघाखोकीका साथै ज्वारो, निमुनियाका लक्षणहरु देखा पर्दछभने बृद्धहरुमा स्वाशप्रस्वाशका लक्षणहरु बढि देखापर्ने गरेको पाईन्छ ।

Leave a Reply