कलैया,जिल्ला प्रहरी कार्यालय बाराले फर्जी बिल बनाएर ओसारपसार हुदैगरेको अवस्थामा ५३ तोला चाँदीसहित २ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा बारा प्रहरीले पथलैयाबाट २ जनालाई पक्राउ गरेको जनाएको छ ।प्रहरीले धरान उपमहानगर वडा नम्बर ५ बस्ने गुजराज विक र सुनसरीको इटहरी नगरपालिका बस्ने बद्री विकलाई पक्राउ गरेको हो ।प्रहरीले उनीहरुको साथबाट चाँदीका लकेट २२ थान, औठी ३३ थान, मंगलशुत्र १८ थान, कानको टप २६ थान र गणेश लकेट ७० थान गरी ५३ तोला चाँदी बरामद गरेको छ ।वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बाग्मती प्रदेशको ०२–०२७ प १८५१ नम्बरको मोटरसाइकलसहित २ जनालाई पक्राउ गरिएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभएको छ ।



















