निर्माण आम नागरिकहरुसंग पनि सरोकार रहने कुरा हो । घर निर्माणदेखि पुल, पुलेसालगायतमा निर्माण सामग्रीको अति आवश्यक पर्दछ ।घर वा निर्माणको काम मानिसले सधै नगर्ला तर जीवनमा एक पटक बनाउने संरचनाका विषयमा मानिस गम्भीर हुन्छ र हुनु पनि पर्दछ तर अहिले बजारमा निर्माणका सामग्रीहरुको मूल्य बढेको छ र किनिसाध्य छैन ।
झण्डै दोब्बरले निर्माणका सामग्रीको भाऊ बढेको छ । जसका कारणले सामान्य निर्माणको काम गर्दापनि नागरिकहरुले सोच्नु पर्ने अवस्था सृजना भएको छ ।

मुख्य कुरा निर्माण व्यवसायीहरु नेता हुने,उद्योगीहरु पनि नेता हुने,नेता नभएपनि संरक्षण हुनाले पनि कालो बजारी नेपालमा नियन्त्रणमा आउनसक्ने कुरै भएन । अहिले निर्माणका सामग्रीहरु सिमेन्ट,छडको मुल्य एकदमै चर्को हुने गरी बढाइएको छ । यसमा त निर्माण व्यवसायीहरु नै आन्दोलित छन् । उनीहरुले आन्दोलनको घोषणा समेत गरेका छन् । उद्योगीहरुका पनि समस्या होलान । तर अस्वभाविक रुपमा यसरी मुल्य बढाउनु किमार्थ मिल्ने कुरा होइन ।

समस्या नभएका ठाँउ नेपालमा अहिले न पहिला कहिले थियो होला र ? करिब दश वर्ष देशमा लडाई भयो । यसै पनि देश बर्बाद भयो अनि मधेस आन्दोलनको नाउँमा देश लगभग बन्धक नै भयो अनि कोरोनाका कारण थला नै परेको अवस्थामा उद्योगी व्यवसायीहरु अहिले आएर समस्या सृजना भए जस्तो गर्दछन् तर उद्योगी व्यवसायीहरुले भने जस्तो अहिलेको ताजा समस्या होइन । बजार अनुगमन भएपनि खोइ यसरी मनलाग्दी गर्नेलाई कसले कारबाही गर्ला र यो देशमा ?

Leave a Reply