हेटौंडा – हेटौंडा ११ थानाभ¥याङमा रहेको बाल सुधार गृहमा विविध सामाग्री हस्तान्तरण गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बाल सुधार गृहका बालबालिकाहरुलाई जाडो याममा सुत्नका लागि जाडोबाट कठ्याग्रीनु नपरोस भनेर सिरक, डसना, खोल, पानी खान युरोगार्ड लगायतका सामाग्री हस्तान्तरण गर्नुभयो ।

 

 

बाल सुधार गृहमा रहेका बालकहरुलाई सिरक, डसनाको समस्या देखेपछी जाडो याममा सहयोग पुगोस भन्ने उदेस्यले सहयोग गरेको मेयर महतले वताउनुभयो । विभिन्न अपराधामा संलग्न बालकहरुलाई बालसुधार गृहमा राखिएको छ । त्यहाँ वस्नका लागि भवन भएपनि धेरैखालका समस्याबाट बालकहरु वस्दै आएका छन् ।

 

 

 

यसअघि मेयर महत लगाएतकाको टोलीले अनुगमन गरेपछी बाल सुधार गृहमा आज २५ थान सिरक, २५ थान डसना, २५ थान तन्दा सहितका सामाग्री हस्तान्तरण गरिएको उहाँले वताउनुभयो । हेटौंडा नगरभित्रै रहेको सुधार गृहमा रहेका बालकहरु जाडो याममा कठ्याग्रिएर वस्नुपर्ने समस्या भोग्दै आएका थिए । अव भने त्यो समस्या समाधान भएको छ ।

 

 

 

यसैगरी उपमहानगरपालिकाले सुधार गृहमा रहेका वालकहरुलाई स्वस्च खानेपानीका लागि टंकी सहितको युरोगार्ड पनि आजै हस्तान्त्रण गरिएको छ । पहिले पानीको समस्या समेत बेहोर्दै आएपनि यो समस्या भने अव समाधान भएको छ । सुधारगृहमा रहेपनि विबिध समस्याका कारण बालकहरुले कठिनाइ भोग्दै आएका थिए । आज एक्कासी मेयर महत सहितको टोली सुधार गृहमा पानीको युरोगार्ड, सिरक, डसना, तन्दा लिएर पुगेपछी बालकहरु निकै खुसी समेत भएका छन् ।

 

 

 

विभीन्न अपराधमा संलग्न बालकहरु पहिले जेलमा राखिएपनि अहिले भने सुधार गृहमा राखिदै आएको छ । यसअघि पनि मेयरकै नेतृत्वमा सुधार गृहमा स्वास्थ्य शिबीर गरेर उनीहरुको उपचार गरिएको थियो । निशुल्क औषधि समेत वितरण गरिएको थियो । रकम अभाव देखिाउँदै सुधार गृहमा वस्दै आएका वालकहरुले समस्या बेहोर्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here