वीरगन्ज, २० भाद्र /
मालपोत कार्यालय पर्सामा सेवाग्राहिहरुलाई काम गराउन अनराजा दिन बाध्य भएका छन । कर्मचारीहरु सजिलै काम नै नगरि दिदा सेवाग्राहीहरुले गुनासो गरेका छन् ।
फाँटमा कार्यरत कर्मचारीहरुलाई पैसा नदिएसम्म विभिन्न बहानाबाजी गरी कर्मचारीहरु काममा बाधा अवरोध गर्ने गरेको पाइएको छ ।
हरेक फाँटका कर्मचारीहरुलाई फाँट पिच्छे सेवाग्राहीले रकम बुझाउने काम चलन झैं बनेको छ । फाँटका कर्मचारीहरुले प्रत्यक्ष रुपमा सेवाग्राहीसँग रकम लिएको नदेखिए पनि बिचौलिया तथा लेखनदासहरुको माध्यमबाट दैनिक लाखौँ रुपैया कुम्ल्याउने गरेका छन् ।
कार्यालय अवधि भित्र दैनिक भएका कानून सम्वत वा कानून असंम्वत कामहरुको कर्मचारीहरुले लेखाजोखा राख्ने गरेका छन् । कार्यालय समय समाप्त हुने बित्तिकै कर्मचारीहरु लेखापढी व्यवसायीहरुको पसलमा पुगी रकम लिने गरेको प्रत्यक्षदर्शीहरुले बताए । मालपोत कार्यालय वीरगन्ज पर्सामा खुलम खुल्ला रकमको चलखेल हुने गरको भए पनि सम्बन्धित निकाय भने मौन बसेको छ । पैसा कति दिने भन्ने कुरा फाँटका कर्मचारीले हामीसँग निर्धारण नगरेसम्म कामको फाईल नै अगाडि बढाई दिँदैनन् ,एक लेखापढी व्यवसायीले भने ,हाम्रो पनि बाध्यता छ ,केही रकम दिएर काम अगाडि बढाउँछौ । यता कता डर पनि लाग्छ , अख्तियार वा कुनै निकाय आयो वा अनुसन्धान ग¥यो भने हाम्रो नाम नै पहिला आउँछ । उनीहरु(कर्मचारीहरु) चोखो रुपमा बस्छन् ।
सर्व साधारणले आफ्नो सानो तिनो काम गराउन पनि जाँदा न गरीने उनीहरू बताउँछन् । फाइल सँगै फाइल भित्र पैसा राखेर दिए मात्र काम हुन्छ ।
त्यही विच्वलिया मार्फत आएको काम छिटो हुन्छन् भने हामी लाई घण्टौं लाइन मै बसेर बिताउनु पर्छ भने उनीहरू गुनासो सुनाउँछन् । यस विषयमा सम्बन्धित निकायको छिटो भन्दा छिटो ध्यान पुग्न आवश्यक देखिएको छ ।