निजगढ,निजगढ नगरपालिकाले केरा खेतीको बिमा गर्ने किसानलाई मात्र स्प्रेयर ट्याङ्की वितरण गरिने जनाएको छ ।
कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद देवकोटाले शुक्रवार जारी गर्नुभएको सूचनामा ५० प्रतिशत अनुदानमा केरा खेतीको बिमा गरेका किसानहरुलाई मात्र स्प्रेयर ट्याङ्की वितरण गरिने भएकोले सूचना प्रकाशित भएको मितिले ५ दिनभित्र आवश्यक कागजातसहित बिमाको लागि निवेदन दिन आग्रह गरिएको छ ।निजगढ नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत ५ कठ्ठासम्म केरा खेती गर्ने किसानलाई एउटा र सोभन्दा माथिको क्षेत्रफलमा केरा खेति गर्ने किसानलाई २ वटाको दरले स्प्रेयर ट्याङ्ककी वितरण गर्न लागेको हो ।सूचनामा सम्बन्धित कृषकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, आर्थिक वर्ष २०८१-०८२ को बिमा लेख नम्बर र रसिदको प्रतिलिपिसहित निवेदन पेस गर्न भनेको हो । नगरपालिका कार्यालयले तोकिएको समयमा आवेदन नदिएमा सो सुविधा प्राप्त गर्न नसकिने पनि जनाइएको छ ।



















